कीवर्डहरू -

खल्तीबाट हरेक दिन १ रूपैयाँमा फ्लाइट टिकेट, बम्पर पुरस्कारमा वानप्लस ११ जित्ने अवसर

खल्तीबाट हरेक दिन १ रूपैयाँमा फ्लाइट टिकेट, बम्पर पुरस्कारमा वानप्लस ११ जित्ने अवसर

खल्तीले प्रयोगकर्ताहरूका लागि आफ्नो फ्ल्यागशिप अफर फेरी लिएर आएको छ । खल्तीमार्फत उडान टिकट बुक गरि  बम्पर पुरस्कारको रूपमा वनप्लस ११ स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

साथै, प्रत्येक दिन एक भाग्यशाली विजेताले फ्लाइट टिकट खरिदमा मात्र रु.१ मा उडान टिकट प्राप्त गर्नेछन्। फागुन १ गतेदेखि चैत्र १५ सम्म, ४५ दिनसम्म चल्ने यो अफरले प्रयोगकर्तालाई आफ्नो उडान टिकटमा बचत गर्ने अवसर प्रदान गर्नुका साथै रु.१३४,९९९ मूल्यको नयाँ  वनप्लस ११  जित्ने अवसर पनि प्राप्त गर्नेछ।

वानप्लस ११ हालै मात्र नेपालमा उपलब्ध भएको छ । खल्तीका सबै प्रयोगकर्ताहरूले खल्ती एप मार्फत आफ्नो उडान टिकट बुक गरि प्रयोगकर्ताहरु दैनिक रु १ मा हुने उडानको लक्की ड्र र वानप्लस ११ को बम्पर पुरस्कारका लागि योग्य हुनेछन् ।

दैनिक उडान टिकटको विजेता घोषणा खल्तीको फेसबुक पेज र ब्लगमा गरिनेछ भने बम्पर पुरस्कारको विजेता घोषणा खल्ती फेसबुक पेजमा फेसबुक लाइभ मार्फत गरिनेछ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अफरसँगै प्रयोगकर्ताले खल्तीबाट फ्लाइट टिकट बुकिङ्ग गर्दाको सहजता अनुभव गर्ने अपेक्षा राखेको बताए ।

नयाँ खल्ती प्रयोगकर्ताहरूले प्रोमोकोड ‘FLYWITHKHALTI’ प्रयोग गरी पहिलो पटक फ्लाइट बुकिङ गर्दा ३०० रुपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

अफरमा सहभागी हुन भने केवाईसी (KYC) भेरिफाइ गर्न अनिवार्य छ । केवाईसी भेरिफाइ नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइ गराएर अफरमा सहभागी हुन् सक्नेछन् ।

ISO 27001:2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ ।

हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी को परिवारमा वृद्धि गरेको छ ।

सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ ।