कीवर्डहरू -

एसियन फन रन म्याराथनमा सहभागी हुँदै दराज, १४ धावकहरूले भाग लिने

एसियन फन रन म्याराथनमा सहभागी हुँदै दराज, १४ धावकहरूले भाग लिने

दराजले नेपाल ओलम्पिक कमिटीको साथमा एसियाली खेलकुद फन रनमा सहभागी सहयोग गर्ने भएको छ ।

युवा खेलाडीहरूको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले दराजले ओलम्पिक कमिटीलाई सहयोग गर्ने भएको हो ।

एसियाली खेलकुद प्रवद्र्धन गर्न, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक समितिले मिलेर एसियन फन रन म्याराथन आयोजना गर्दैछ । म्याराथनमा कुल सहभागी मध्ये दराजबाट १४ धावकहरूले भाग लिदैछन ।

म्याराथन शुक्रबार हुनेछ । यो पाटन दरबार स्क्वायरमा बिहान ६:३० बजेदेखि हुने छ। दौडमा पाटन हुँदै लगभग ३.५ किलोमिटरको कोर्स हुनेछ र यसले सहभागीहरूलाई शारीरिक गतिविधिमा संलग्न हुँदै गर्दा सहरका केही प्रसिद्ध स्थलहरू हेर्ने अवसर प्रदान गर्नेछ ।

एसियाली खेलकुद फन रन नेपाल ओलम्पिक कमिटीसँग एसियाली खेलकुद प्रवर्द्धनका लागिओसिए (OCA - Olympic Coucil of Asia) को जारी प्रयास हो ।

एसियाली खेलकुद फन रन नेपालसहित १२ देशमा फेब्रुअरी र मार्चमा हुने तय भएको छ भने ओसिएले पहिले नै गत अक्टोबरमा कम्बोडिया, उज्वेकिस्तान, थाइल्याण्ड, कुवेत र साउदी अरेबियामा ओभरसिज टुर (Overseas Tour) सुरु गरेको थियो।