कीवर्डहरू -

सबैभन्दा बढी डाउनलोड गरिएका १० एन्ड्रोइड एप

सबैभन्दा बढी डाउनलोड गरिएका १० एन्ड्रोइड एप

फुर्सदको समयमा केही रोमाञ्चक कुराहरु गर्न सबैलाई मन पर्छ । हामी मध्ये धेरै जना फुर्सदको समयमा गेम खेल्न मन पराउँछौं ।

सबैको हात हातमा स्मार्टफोन पुगेपछि गेम खेल्नेको संख्या पनि बढिरहेको छ । कम्प्युटरको तुलनामा मोबाइलबाट गेम खेल्नेको संख्या धेरै छ ।

बजारमा उपलब्ध एन्ड्रोइड र आईओएस फोनमा एन्ड्रोइड प्रयोगकर्ता धेरै छन् । त्यसैकारण गूगल प्ले स्टोरमा आधा लाख बढी गेमहरू उपलब्ध छन्, जो अर्बों पटक डाउनलोड भएका छन् ।

आज हामी तपाईलाई सबैभन्दा बढी डाउनलोड भएका दश एन्ड्रोइड एपको बारेमा जानकारी दिदैछौं ।

सबवे सर्फर

सन् २०१२ मा सार्वजनिक भएको गेम सबवे सर्फर मोबाइल गेम उपभोक्ता बिच एकदमै चर्चित रहेको छ । अहिलेसम्म यस गेमलाई एक अर्ब बढी पटक डाउनलोड गरिएको छ ।

यस गेममा सबवेमा ग्राफिती बनाउँदै कुदिरहेको खेलाडीलाई पुलिस र पुलिसको कुकुरले खेदाउने गरेका छन् ।खेलाडीले बाटोमा आउने कुनै अवरोधलाई पन्छाउँदै सुनको सिक्का संकलन गर्दै अघि दौडिनुपर्ने हुन्छ ।

गेममा आफूलाई मनपर्ने गीत पनि ब्याकग्राउण्ड गीतको रुपमा छान्न सकिन्छ ।

क्यान्डी क्रस सागा

क्यान्डी क्रस बालबालिका देखि व्यस्क सबैले रमाइलो मानेर खेल्ने गेम मध्यको एक हो । सन् २०१२ मा सार्वजनिक भएको गेम क्यान्डी क्रस सागालाई पनि एक अर्ब बढी पटक डाउनलोड गरिएको छ ।

यस गेममा तीन ओटा एउटै प्रकारको आकारलाई मिलाउनुपर्ने हुन्छ । यस्तो गर्दा पोइन्ट पाइने र गेमको अर्काे लेभलमा पुग्न सकिन्छ । गेमको आकर्षक एनिमेसन, गेमप्ले र धेरै लेभल भएका कारणले क्यान्डी क्रस सागालाई धेरैले रुचाउने गर्दछन् ।

फ्रि फायर

सबै किशोरकिशोरीको मुखबाट आइरहने एक गेमको नाम हो फ्रि फायर । एक अर्ब बढी डाउनलोड गरिएको सो एप सन् २०१७ मा सार्वजनिक भएको थियो ।

यो एक युद्ध गर्ने किसिमको गेम हो, जसमा एक खेलाडीसँग ४९ अरु खेलाडीहरुले खेलिरहेका हुन्छन् । यसमा जो अन्त्यसम्म बाँकी रहन्छन्, त्यही खेलाडीले नै जित्ने गर्दछ ।

हरके गेम सेसन १० मिनेटको हुने गर्दछ । यो पब्जी जस्तै खालको गेम हो । यसमा रंगीबिरङ्गी ग्राफिक रहेको छ जसले प्रयोगकर्तालाई झनै आकर्षित गर्ने गर्दछ ।

माइ टकिङ टम

सन् २०१३ मा आएको माइ टकिङ टक धेरै जनाको बाल्यकालको एक अविस्मरिणीय गेमको रुपमा रहेको छ । यस गेममा भर्चुअल बिरालो टम हुने गर्दछ, जसलाई प्रयोगकर्ताले आफ्नै घरपालुवा जनावर जसरीनै स्याहार गर्नुपर्ने हुन्छ ।

यो गेम रमाइलो र अन्तर्क्रियात्मक किसिमको रहेको छ । यस गेममा टमलाई खाना खुवाउने, नुहाउने, लुगाा लगाइदिने तथा अरु मागहरु पुरा गर्ने गर्नुपर्छ ।

माइ टकिङ टमले गेममा थप मिनी गेमहरु पनि दिने गर्दछ, जसलाई टमसँग समय बिताउनका लागि खेल्न सकिन्छ । यो गेम पनि हरेक उमेरवर्गका प्रयोगकर्ताले रुचाउने गरेको पाइएको छ ।

टेम्पल रन टू

टेम्पल रन टू पनि सन् २०१३ मा सार्वजनिक भएको गेम हो । यसमा खेलाडीले सुनको मूर्ति मन्दिरबाट चोरेर कुदेको कुदै गर्नुपर्छ र खेलाडीलाई भेटेर मार्नका लागि बाँदरले पछ्याइरहेको हुने गर्दछ ।

यस गेममा नदी पार गर्ने, गाँस भएको ठाँउ, पहाड, जंगल, जिप लाइन, सानो पुल जस्ता विभिन्न रोेमाञ्चक ठाँउहरु रहेका छन् ।

यसमा क्वाइन संकलन गर्दै अघि बढेर अवरोधहरु पार गर्नुपर्छ । यस गेमलाई ०.५ अर्ब प्रयोगकर्ताले डाउनलोड गरिसकेका छन् ।

हिल क्लाइम्बिङ रेसिङ

हिल क्लाइम्बिङ रेसिङ भौतिक शास्त्रलाई मनोरञ्जनसँग जोडेर सन् २०१२ मा सार्वजनिक भएको गेम हो । यसलाई पनि ०.५ अर्ब बढि पटक डाउनलोड गरिएको छ । यस गेममा खेलाडीले गाडीलाई विभिन्न पहाडहरुको बिचबाट चलाउँदै अघि बढनुपर्छ ।

यही क्रममा खेलाडीले इन्धन, डाइमण्ड र क्वाइन संकलन गरी धेरै भनदा धेरै दूरी पार गर्नुपर्ने हुन्छ । यस गेममा गति र एक्सिलरेसनको बिचमा सन्तुलन राख्नु पर्ने हुन्छ । यस गेममा ट्रयाक्टर, भ्यान, ट्रक र बस बिच गाडीको छनौट गर्न सकिन्छ ।

क्लास अफ क्ल्यान

सन् २०१२ मा सार्वजनिक भएको क्लास अफ क्ल्यान एन्ड्रोइडमा एकदमै धेरै कमाउन सफल भएको गेम मध्यको एक हो ।

यस गेमलाई पनि ०.५ अर्ब बढि डाउनलोड गरिएको छ । यस गेममा कम्युनिटी क्ल्यान बनाएर आर्मी ट्रुपलाई प्रशिक्षण गरी अरु खेलाडीहरुलाई आक्रमण गर्नुपर्ने हुन्छ ।

यसले अरु खेलाडीहरुसँग सत्तचार तथा अन्र्तक्रिया गर्न मौका प्रदान गर्ने गर्दछ । यसमा रहेको क्ल्यान च्यमट फिचरले धेरै प्रयोगकर्ताहरु माझ पुग्न दिन्छ ।

एट बल पुल

एट बल पुल वास्तविक लाग्ने खालको पुल सिम गेम हो । यसले सिंगल प्लेयर च्यालेन्ज अरु आफ्नो गेममा राखेको छ । सन् २०१३ मा सार्वजसनक भएको सो गेमलाई ०.५ मिलियन प्रयोगकर्ताहरले डाउनलोड गरेका छन् ।

यस गेममा लिडरबोर्डमा राम्रो खेलेर माथि जान पाइन्छ, जसकारण प्रयोगकर्ताहरु एक अर्कासँग प्रतिस्पर्धा गर्दै खेल्न सक्छन् ।

एट बल पुल गेमलाई कस्टोमाइज पनि गर्न सकिन्छ, जसकारणले पनि धेरै उपभोक्ताले यस गेमलाई रुचाउने गरेका हुन् ।

माइ टकिङ एन्जिला

माइ टकिङ एन्जिला माइ टकिङ टमकै परिमार्जित रूप हो । सन् २०१४ मा सार्वजनिक भएको यस गेममा भर्चुअल बिरालो एन्जिला हुने गर्दछ, जसलाई प्रयोगकर्ताले आफ्नै घरपालुवा जनावर जसरी नै स्याहार गर्नुपर्ने हुन्छ ।

यो गेम रमाइलो र अन्तर्क्रियात्मक किसिमको रहेको छ । यस गेममा एन्जिलालाई खाना खुवाउने, नुहाउने, लुगाा लगाइदिने तथा अरु मागहरु पुरा गरिदिने गर्नुपर्छ ।

टेम्पल रन

सन् २०१२ मा सार्वजनिक भएको टेम्प्ल रनले टेम्पल रन टू जस्तै अनुभव दिने गर्दछ । यसमा पनि खेलाडीले सुनको मूर्ति मन्दिरबाट चोरेर कुदेको कुदै गर्नुपर्छ र खेलाडीलाई भेटेर मार्नका लागि बाँदरले पछयाइरहेको हुने गर्दछ ।

यस गेममा पनि विभिन्न रोेमाञ्चक ठाँउहरु रहेका छन् । यसमा क्वाइन संकलन गर्दै अघि बढेर अवरोधहरु पार गर्नुपर्छ । यसमा क्यारेक्टरको प्रकटन र लुगाहरु छनौट गर्न सकिने पनि अप्सनहरु रहेको छ ।