कीवर्डहरू -

एनसेलको पहिलो सिम योजना १७ रुपैयाँमै अनलिमिटेड डाटा

एनसेलको पहिलो सिम योजना १७ रुपैयाँमै अनलिमिटेड डाटा

काठमाडौं। २०७५ मा एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै एनसेलले पहिलो सिम योजना ल्याएको छ। यो योजना अन्तर्गत पहिलो सिमको मूल्य १ रुपैयाँ मात्र रहेको छ।

यो सिममा डाटा प्याक, रिचार्ज, एसएमएस र माइ फाइभ सेवा सुविधा रहेका छन। विद्यार्थीले सिम नजिकैको एनसेल सेन्टरबाट लिन सक्नेछन।

सिम लिनको लागी एसईईको प्रवेश पत्र र आमा, बुबा वा अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो चाहिनेछ।

यो सिममा १७ रुपैयाँ ७० पैसामा दिनको प्याक अन्तर्गत बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ३०० सय एमबि र  रातको प्याक अन्तर्गत राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डाटा प्याकको सुविधा रहेको छ।

यि दुवै डाटा सुचारु भएपछि २४ घण्टाको लागि मान्य हुनेछ। पहिलो सिम अफर अन्तर्गत माइ फाइभ सेवा १२ महिनाको लागि निःशुल्क सुचारु हुनेछ जसमा कुनै पनि ५ वटा एनसेल नम्बरहरुमा ३० दिनका लागि  निशुल्क कुरा गर्न र बाँकि ११ महिना ति नम्बरमा कुरा गर्न  ०.९९ पैसा प्रति मिनेटको दरले शुल्क लाग्ने छ।

यो सिम सुचारु गेरपछि एक बर्षसम्मको लागी  ग्राहकले ५० रुपैयाँ वा त्यो भन्दा बढीको रिचार्ज गर्दा २४ घण्टाको लागि मान्य हुने १०० एमबी डाटा र १०० वटा एसएमएस निशुल्क पाउनेछन।

पहिलो सिम अफर  २०७६ वैशाख ६ गतेदेखि ९० दिनसम्मको लागि लागू हुनेछ। थप जानकारी १७१०३ डायल गरी प्राप्त गर्न सक्नु हुनेछ। डाटा खरिद गर्न *१७१०३# डायल गर्न सक्नु हुनेछ।