कीवर्डहरू -

भाइबरमा एआई च्याटबट सुविधा, प्रयोगकर्ताले प्रश्न सोध्न र तस्बिर डिजाइन गर्न पाउने   

भाइबरमा एआई च्याटबट सुविधा, प्रयोगकर्ताले प्रश्न सोध्न र तस्बिर डिजाइन गर्न पाउने   

भाइबरले नयाँ च्याटबट एआई एण्ड क्रियटको सुरूवात गरेको छ । प्रयोगकर्ताहरूलाई एआई टेक्स्ट र तस्बिरहरु बनाउन सहजता प्रदान गर्ने उद्देश्यले नयाँ फिचर ल्याएको हो ।

योसँगै अब भाइबर एपको माध्यमबाट प्रयोगकर्ताहरूले च्याटबट मार्फत कुनैपनि प्रश्न सोध्न वा अद्वितीय तस्बिरहरू डिजाइन गरेर च्याटबटलाई रचनात्मकता ढंग बाट प्रयोग गर्न सक्नेछन्।

एआईमा बढ्दो चासोको कारण भाइबरले एआई च्याटबट ल्याएको जनाइएको छ । भाइबर च्याटमै एआई सेवाहरू दिने उद्देश्यल च्याटबट ल्याइएको राकुटेन भाइबरका सीईओ ओफिर इयालले बताए ।

‘हाल च्याटबट एउटा तस्बिरहरूका लागि र अर्को टेक्स्टका लागि प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘निकट भविष्यमा यसमा अन्य सेवा पनि विस्तार गर्न खोजेका छौं ।‘

एआई च्याट एन्ड क्रिएट च्याटबट भाइबर एपको च्याट फङ्सन वा यसको एक्सप्लोर पेजमा सर्च गरी फेला पार्न सकिन्छ। त्यहाँबाट प्रयोगकर्ताहरुले च्याटबटमा सब्स्क्राईब गरी एआई प्रविधिको असीमित पहुँच पाउन सक्नेछन्।

अहिलेसम्म ६ हजार बढीले च्याटबट सब्सक्राइभ गरिसकेका छन् । च्याटबट प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।