आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक जरीवाना भुक्तानी गर्न मिल्ने सुविधा थपिएको छ ।
ग्राहकहरुले लामो लाइनमा बसी जरिवाना तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा थपिएको कम्पनीको भनाइ छ ।
ट्राफिक फाइन तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा गभर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग जरिवाना भुक्तानी गन सक्ने जनाइएको छ ।