कीवर्डहरू -

ब्रोडवे इन्फोसिसको डिजिटल मार्केटिङ ३६० कोर्स

ब्रोडवे इन्फोसिसको डिजिटल मार्केटिङ ३६० कोर्स

ब्रोडवे इन्फोसिसले डिजिटल मार्केटिङ ३६० कोर्स सार्वजनिक गरेको छ । यसले डिजिटल मार्केटिङको सम्पूर्ण पक्षको बारेमा प्रशिक्षण दिने गरिनेछ ।

कोर्सले विद्यार्थीहरुलाई डिजिटल मार्केटिङमा प्रोफोसनल बन्नलाई सहयोग पुर्याउने ब्रोडवे इन्फोसिसले जनाएको छ ।

यसमा कन्टेन्ट मार्केटिङ, इमेल मार्केटिङ, मिडिया बाइङ, युआइ/यूएक्स डिजाइन, क्लयान्ट स्ट्राटेजी, डेटा एण्ड एनालाइटिक तथा सामाजिक सञ्जाल मार्केटिङको बारेमा सिकाइन्छ ।

संस्थाले चर्चित डिजिटल मार्केटिङ टूल जस्तै गुगल एड, गूगल एनालाइटिक्स, गूगल ट्याग म्यानेजर, गूगल अप्टिमाइज, गूगल डेटा स्टुडियो र थुप्रै अरु थर्ड पार्टी टूलहरुको बारेमा पनि सिकाउने छ । यो कोर्स डिजिटल मार्केटिङ भर्खरै सुरुवात गरिरहेको र प्रोफेसनल दुवैका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ ।

डिजिटल मार्केटिङ ३६० कोर्षले ल्याएको नेपाली तथा नेपाली व्यवासयहरुलाई डिजिटल संसारमा लैजान सघाउने ब्रोडवे इन्फोसिसका संस्थापक राजु अधिकारीले बताए ।

डिजिटल मार्केटिङ ३६० कोर्स उद्योगमा लामो समयसम्म अनुभव भएको प्रशिक्षकहरुले पढाउने ब्रोडवेले जनाएको छ । कोर्ष सकिएपछि विद्यार्थीले प्रमाणपत्र समेत पाउने छन् ।