सामसङ ग्यालेक्सी एस २३ ले इमेज अट्याचमेनटमा लुकेर रहेको मालवेयरबाट बचाउने भएको छ । इमेज अट्याचमेन्ट मालवेयरले इमेजमा क्लिक नगरेरै डिभाइसमा मालवेयर इन्स्टल गरिदिन सक्छ ।
त्यसैकारण सामसङले ग्यालेक्सी एस २३ मा इमेज अट्याचमेन्टमा लुकेर रहेको मालवेयरबाट बचाउन नयाँ फिचर थप गरेको हो ।
मालवेयरबाट सुरक्षित हुनका लागि ग्यालेक्सी एस २३ ले मेसेज गार्ड नामक फिचरको विकास गरेको छ । यो फिचर सामसङको मेसेज एप र गूगल मेसेजमा उपलब्ध रहेको छ ।
यस फिचरले तपाईको डिभाइसमा आउने पिएनजी, जेपिजी, जेपिइजी, जिआइएफ, आइसिओ, वेबपी, बिएमपी, डब्लुबिएमपीलाई अरु फाइलहरु भन्दा छुट्याएर राख्ने छ । यसले महत्वपूर्ण व्यक्तिहरुको डिभाइसमा स्पाइवेयर इन्स्टल हुनबाट पनि रोक पनि लगाउने जनाइएको छ ।