कीवर्डहरू -

सिटिजन्स बैंक इन्टरनेसनल १३औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना

सिटिजन्स बैंक इन्टरनेसनल १३औं वर्षमा प्रवेश,  सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड तेह्रौँ वर्षमा प्रवेश गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५।७६ को तेस्रो त्रयमास सम्ममा ६८ अर्व ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्व ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरी सोहि अवधि भित्र १ अर्व ४९ करोड १४ लाख रुपैयाँ संचालन मुनाफा र १ अर्व ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश ४.०२ प्रतिशत ५.९१ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले आफ्नो वार्षिकोत्सव पारेर बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना ग¥यो । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक (नारायणहिटीपथ – हात्तिसार – कमलादी गणेश – तिनधारा – दरबारमार्ग – नारायणस्थान हुदै बैंकको प्राङ्गणमा आएर टुगिएको थियो । उक्त प्रभातफेरी कार्यक्रममा करिव ३५० सिटिजन्सकर्मीहरूको उपस्थिति रहेको थियो ।

बाहौं वार्षिकोत्सवको सुखद अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका कार्यक्रमहरूलाई निरन्तरता दिँदै बैंकले विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग गरेको छ ।

बाह्र वर्षको समयावधिमा देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।