कीवर्डहरू -

क्रोममा सार्वजनिक भयो मेमोरी एण्ड इनर्जी सेभर मोड

क्रोममा सार्वजनिक भयो मेमोरी एण्ड इनर्जी सेभर मोड

गूगलले क्रोम ब्राउजरमा मेमोरी एण्ड इनर्जी सेभर मोड सार्वजनिक गरेको छ । म्याक, विन्डोज, लिनक्स र क्रोमबुकमा उक्त फिचर उपलब्ध भएको हो ।

मेमोरी एण्ड इनर्जी सेभर मोड फिचर डिफ्ल्ट रूपमा क्रोममा उपलब्ध हुनेछ । तर प्रयोगकर्ताहरूले क्रोमको पर्फर्मेन्स सेटिङमा गएर त्यसलाई अन अफ गर्न सकिने छ ।

क्रोमको मेमोरी सेभर फिचरले सक्रिय नभएका ट्याबबाट आफै मेमोरी फ्री गरेर अन्य पेज र एपमा थप स्रोत उपलब्ध गराउने छ । यस फिचरले क्रोम प्रयोगकर्तालाई साइट थप गर्न पनि दिनेछ, जसलाई सधैं सक्रिय राख्न सकिने छ ।

केही समस्या भए वा डिभाइसबाट टाढा भएर ट्याब रिफ्रेस गर्न मन नलागेमा यो सुविधाको फाइदा उठाउन सकिने बताइएको छ ।

मेमोरी फिचरको साथ क्रोमले ३० प्रतिशतभन्दा कम मेमोरी प्रयोग गर्ने गूगलको दावी छ । भिडियो र गेमिङ ट्याब राम्रोसँग चलाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

यस्तै क्रोमको इनर्जी सेभर मोडले ब्याकग्राउण्ड गतिविधि र भिजुअल एफेक्ट्स सिमित गरेर कम ब्याट्री खपत गर्नेछ । यसमा एनिमेसन, स्मुथ स्क्रोलिङका साथै भिडियो फ्रेम दर पनि घट्ने छ ।