कीवर्डहरू -

 वर्ल्ड वाइड वेबका आविष्कारक टिम बर्नर्स ली भन्छन्, ‘क्रिप्टोकरेन्सी जुवा जस्तै हो’

 वर्ल्ड वाइड वेबका आविष्कारक टिम बर्नर्स ली भन्छन्, ‘क्रिप्टोकरेन्सी जुवा जस्तै हो’

वर्ल्ड वाइड वेबका आविष्कारक टिम बर्नर्स लीले क्रिप्टोकरेन्सीको तुलना जुवासँग गरेका छन् । सीएनबीसीको बियोन्ड दी भ्याली पोडकास्टमा बोल्दै उनले क्रिप्टोकरेन्सी खतरा र जुवा जस्तै भएको बताएका हुन् ।

भविष्यको वेबको बारेमा छलफल गर्दै बर्नर्सले डिजिटल मुद्राहरू केवल स्पेकुलेटिभ भएको बताए ।

‘डिजिटल मुद्रा केवल स्पेकुलेटिभ हो । यसको पछाडि कुनै सोलिड बिजनेस छैन्,’ उनले भनेका छन्, ‘यसमा रिस्क एकदमै बढी छ । त्यसकारण डिजिटल मुद्रा साच्चै नै खतरानाक छ ।’

यद्यपी लीले डिजिटल मुद्राहरू रेमिट्यान्सको लागि उपयोगी हुन सक्ने र त्यसका लागि डिजिटल मुद्रा प्राप्त भएपछि तुरून्तै फियाट मनीमा रूपान्तरण गर्नुपर्ने बताए ।