कीवर्डहरू -

खल्तीबाट सवारीको ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने मौका 

खल्तीबाट सवारीको ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने मौका 

खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘इएमआई डन - १०० % रिटर्न’ अफर पूनः ल्याएको छ । यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले आफ्नो सवारीको इ एम आई (EMI) भुक्तानी गर्दा  हरेक हप्ता एक जनाले  १०० प्रतिशत क्यासब्याक (रू.५,००० को अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन्।

यस अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एण्ड इन्ज्भेष्टमेन्ट, स्याकार होन्डा र MAW इन्ज्भेष्टमेन्ट प्राइभेट लिमिटेड मध्ये कुनै एकको  इएमआई भुक्तानी गर्न सक्नेछन्। यो अफर आगामी वैशाख १ गतेसम्म लागु हुनेछ, जसमा कुल ८ जनाले १०० प्रतिशत क्यास्ब्याक जित्न सक्नेछन् ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीमा भएको इएमआई सुविधालाई व्यापक प्रयोगमा ल्याउन र डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न यो अफर पुनः उपलब्ध गराएका बताए ।

यसका साथै ‘खल्ती’को अर्को ठुलो अफर जस मध्ये खल्ती मार्फत फ्लाईट बुकिङ्ग गरेका भाग्यशाली बिजेतालाई रु. १ मा फ्लाईट टिकट र ‘वान प्लस ११ ’ जित्ने मौका पनि प्रदान गरिरहेको छ।

ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ।

हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी को परिवारमा वृद्धि गरेको छ।

सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ।