कीवर्डहरू -

ई-कमर्स ब्राण्ड भेषभुषाले ‘गाला नाइट’ आयोजना गर्दै

ई-कमर्स ब्राण्ड भेषभुषाले ‘गाला नाइट’ आयोजना गर्दै

अनलाइन ई-कमर्स ब्राण्ड भेषभुषा ले फागुन १६ गते ‘गाला नाइट’ आयोजना गर्ने भएको छ । विभिन्न फेसन, ब्युटी तथा लाइफस्टाइल ब्राण्डहरूको सहकार्यमा भेषभुषाले  गाला नाइट आयोजना गर्न लागेको हो ।

रोयल इभेन्ट बैंक्वयट तीनकुनेमा हुने गाला नाइटमा विभिन्न ब्राण्डका प्रडक्टहरू शोकेस गरिने छ । गाला नाइटकै अवसरमा भेषभुषा डटकमको नयाँ वेबसाइट र मोबाइल एप पनि सार्वजनिक हुनेछ ।

गाला नाइटलाई लेकमी, मामा अर्थ, सुगर, लोरेल, द ड्रिमा को, मिलि क्रियसन, फाइब्रो, योलो, टाइटन, फास्ट ट्रयाक, वरिफ्लेम, बेलाभिता, निभिया, फ्लाइ, झुम्का, क्याफिन, डेफी, रिभलन, मेबीलाइन न्यु योर्क, नुगा, रेजभोल लगायतका ब्राण्डको सहकार्य रहेको छ ।

कार्यक्रमको पावर्ड बाई पार्टनरमा फ्लाइ, को स्पोन्सर्डमा प्लस साइज नेपाल, हाम्रो पे र प्रभु लाइफ रहेका छन् । यस बाहेक आइसिटी समाचार, वर्ल्डलिंक, पठाओ, टेक्सास कलेज, साझा डटकम, एकेडेमी अफ कमर्स, रेडमड कफी, संसारा रेमिट, नक्षेत्र लगायतका संस्थाको समेत सहकार्य छ ।