कीवर्डहरू -

फर्स्ट जेनेरेसनको आइफोन ६३ हजार डलरमा बिक्री

फर्स्ट जेनेरेसनको आइफोन ६३ हजार डलरमा बिक्री

बक्समै सिल गरिएको फर्स्ट जेनेरेसन आइफोन ६३ हजार डलर भन्दा बढीमा बिक्री भएको छ । यो भनेको त्यो समयको मूल्य भन्दा लगभग १०० गुणा बढी हो ।

सन् २००७ मा सार्वजनिक भएको फर्स्ट जेनेरेसन आइफोन एलसिजी लिलामीमा बिक्री गरिएको हो । लिलामी २ हजार ५०० डलरमा सुरुवात गरिएको थियो, जसलाई २७ पटक बोली लगाइएपछि ६३ हजार डलर बढीमा बिक्री गरिएको हो ।

सन् २०१९ मा यस आइफोनका वास्तविक मालिक केरेन ग्रीनले फोनलाई ४ जीबीबाट ८ जीबी बनाएका थिए र यो यसको वास्तविक बाकस भित्रै रहेका कारण धेरै मूल्यमा बिक्री भएको जनाइएको छ ।

ग्रीनले यो फोन सन् २००७ मा आफ्नो साथीहरुले गिफ्ट दिएका कारणले पाएकी थिइन् । भर्खरै नयाँ फोन पाएका कारणले उनले यो फोनलाई नखोली राख्ने विचार गरिन जुन अहिले ६३ हजार डलरमा बिक्री भएको छ ।

यो फोन त्यो समयमा खरिद गर्दा ग्रीनका साथीहरुलाई ४९९ देखि ५९९ अमेकिरी डलरको बिचमा परेको थियो र अब यसको मूल्य सय गुणा बढ्न पुगेको छ ।