कीवर्डहरू -

नेपालमै विद्युतीय स्कुटर बनाउन लागेकाे ग्रन्थ ईभीले कम्पनीको २५ प्रतिशत संस्थापक शेयर सर्वसाधारणलाई दिने

नेपालमै विद्युतीय स्कुटर बनाउन लागेकाे ग्रन्थ ईभीले कम्पनीको २५ प्रतिशत संस्थापक शेयर सर्वसाधारणलाई दिने

ग्रन्थ ईलेक्ट्रिक भेहिकल प्रालिले कम्पनीको २५ प्रतिशत संस्थापक शेयर नेपाली जनतालाई बेच्ने भएको छ । कम्पनीलाई वृहत्तर बनाउन सिमित व्यक्तिहरूमा निहित नगरी अहिलेलाई २५ प्रतिशत शेयर बढीमा ४९ जना सर्वसाधारणलाई दिने भएको हो ।

ग्रन्थ ईभीका संचालक तथा प्रमुख कार्यकारी अधिकृत सुजन ढुङ्गेल कम्पनीको २५ प्रतिशत शेयर नेपाली नागरिकलाई दिने निणर्य भएको जानकारी दिए ।

‘यस्ता कम्पनीहरुमा हालसम्म सीमित व्यक्तिहरूको स्वार्थ र अधिनमा रहेको छ,’ उनले भने, ‘सीमित व्यक्तिहरूको वर्षौदेखि अधिनमा हुँदा सधैं एक व्यक्ति मात्रै धनी हुने भइरहेको हुन्छ । त्यस्तो परिपाटीलाई कम गर्न र सबै नेपालीलाई धनी बनाउन यो निर्णय गरेका हौं ।’

लगानीको लागि देश विदेशमा बस्ने जो सुकै नेपालीहरुले पनि आवेदन दिन सक्ने छन् । कम्पनीमा कम्तीमा १ लाख र बढीमा ३ करोडसम्म लगानी गर्न सकिने छ ।

प्राप्त आवेदनबाट ४९ जनालाई अहिलेको चरणमा समावेश गरिने र भविष्यमा थप गर्दै योजना रहेको कम्पनीले जनाएको छ ।  लगानी प्रस्तावका लागि [email protected] इमेलमा आफ्नो प्रस्ताव पठाउन सकिने छ ।

प्रस्ताव पठापछि कम्पनीले एक कार्यक्रम आयोजना गरी लगानीकर्ताको सुची लिकाल्ने छ, सो कार्यक्रममा सम्पूर्ण प्रस्तावकहरुलाई निमन्त्रण दिइनेछ ।

ग्रन्थ ईभीले भैरहवामा सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना गर्दैछ । उद्योग तयार भएपछि कम्पनीले सुरूमा दुई पांग्रे सवारीसाधन एसेम्बल गर्ने र त्यसपछि विस्तारै चार पांग्रेमा छिर्ने योजना लिएको छ ।

ग्रन्थले बनाउने विद्युतीय स्कुटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । यो मोटरका कारण उकालो ओरालोमा स्कुटर सजिलै गुडाउन सकिन्छ ।

राम्रो र पावरफुल परपर्मेन्स पनि हुन्छ । पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको ढुंगले बताउँछन् ।

अरू स्कुटरमा सामान्यतया हब मोटर प्रयोग गरिएको हुन्छ । यो प्लेन एरिया गुड्न सजिलो सक्छ तर उकालो, ओरालोमा राम्रोसँग गुड्न सक्दैन् ।

कम्पनीको स्कुटरमा लिथिमय आइरन फस्पेट ब्याट्रि प्रयोग गरिएको छ । यो ब्याट्रीले रेञ्ज बढी दिन्छ । ब्याट्री र मोटरमा ३ वर्ष वारेन्टी पाइने छ ।

४ देखि साढे ४ घण्टामा उक्त स्कुटर फुल चार्ज हुनेछ भने अधिकतम रेञ्ज ११० किलोमिटर दिनेछ । यसमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ । यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेञ्ज बढी दिनेछ ।

ढुंगेलका अनुसार ग्रन्थले एसेम्बल गर्ने स्कुटरको मूल्य साढे २ लाखदेखि ३ लाखसम्म पर्ने अनुमान गरिएको छ । स्कुटरमा फास्ट चार्जर प्रविध भने राखिएको छ ।


यो पनि पढ्नुहोस्ः करिब ५ करोडको लगानीमा भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना हुँदै