प्रविधिको विकासँगै अहिले एक क्लिकमै विश्वस्तरीय शिक्षा लिन सकिन्छ । विश्वका लोकप्रिय कोर्षहरू हामी घरबाटै अध्ययन गर्न सक्छौं । यो सहजता प्रविधिको देन हो ।
एडटेक बजारमा हरेक वर्ष बढीरहेको छ । पछिल्लो समय नेपालमा पनि डिजिटल लर्निङको प्रयोग बढ्दै गएको छ । कोरोना महामारीपछि झन यसको आवश्यकता बढेर गएको छ ।
शिक्षामा प्रविधिको प्रयोग बढ्न थालेपछि नयाँ नयाँ स्टार्टअप आउन थालेका छन् , जसको असर नेपालमा पनि देख्न सकिन्छ । सरकारले पनि ई-लर्निङ प्लेटफर्म बनाएको छ ।
नेपाली बजारमा अहिले विभिन्न डिजिटल लर्निङ प्लेटफर्म बजारमा उपलब्ध छन् । डिजिटल लर्निङ डेको अवसरमा आज हामी तपाईलाई नेपालमा सञ्चालित निजी क्षेत्र र सरकारी क्षेत्रका केही डिजिटल लर्निङ प्लेटफर्म बारे जानकारी दिदैछौं ।
मिदास ई-क्लास नेपालको एउटा डिजिटल एजुकेशन प्रदान गर्ने कम्पनी हो । यसमा नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रमहरू रहेका छन् । यसमा पाठ्यक्रममा आधारित कोर्ष तयार पारिएको छ ।
मिदासबाट विद्यार्थीले भिडियो हेर्दै सिक्न सक्छन् । मिडास ई-क्लासको मोबाइल एप पनि उपलब्ध रहेको छ ।
निमा एकेडेमीमा १ कक्षा देखि १२ कक्षाकासम्मका कोर्षहरू उपलब्ध छन् । निमा एकेडेमीको अन डिमाण्ड भिडियो, थ्रीडी एन्ड एनिमेसन, गेम, टेक्स्टमा आधारित पाठ्यक्रम अनुसार बनाइएको छ ।
निमा एकेडेमीले विद्यालय र विद्यार्थीहरूलाई भिडियो, टेक्स्ट, पिडिएफ तथा विभिन्न रिसोर्स कन्टेन्टहरू दिँदै आएको छ । निमा एकेडेमीले विद्यार्थीलाई स्टिम कोर्ष ‘जुनियर मेगामाइन्ड’, ई-बुक, बच्चाका लागि कथा बुक पनि उपलब्ध गराउँदै आएको छ ।
यो एउटा निःशुल्क तथा खुल्ला डिजिटल लाइब्रेरी हो । ई-पुस्तकालयबाट पढ्न, सुन्न, हेर्न तथा अभ्यास गर्न सकिन्छ । यसमा एसईईको सहयोगी सामग्रीहरू पनि रहेको छ । यसैगरी धेरै पुस्तकहरू यसमार्फत बढ्न सकिन्छ ।
बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्रीहरू पनि यसमा उपलब्ध छन् । ई-पुस्तकालयमा ६८५२ पुस्तक संग्रह, २३१९ अडियो संग्रह तथा ५६४ भिडियो संग्रह शैक्षिक सामग्रीहरू उपलब्ध छन् । यसमा पाठ्यक्रममा आधारित अन्तरक्रियात्मक ई- पाठ क्रियाकलाप समेत समावेश गरिएको छ ।
हाल ई-पुस्तकालयमा नेपाली अंग्रेजी भाषाहरूको साथै नेपालभित्र बोलिने अन्य राष्ट्रिय भाषाका सामग्रीहरू समेत राखिएको छ । ई-पुस्तकालयको एन्ड्रोइड एप डाउनलोड गरेर समेत अध्ययन गर्न सकिन्छ । ई-पुस्तकालयमा साहित्य कला, विषयगत सामग्री, शिक्षण सामग्री, अन्य शिक्षामूलक सामग्री, पत्रपत्रिकाहरू अध्ययन गर्न सकिनेछ ।
कुल ल्याब्स पनि डिजिटल लर्निङको एउटा माध्यम हो । कुल ल्याब्समा कक्षा ६ देखि १२ कक्षा सम्मका शैक्षिक सामग्रीहरूका साथै नोट, भिडियो तथा गेमहरूको व्यवस्था पनि रहेको छ ।
सन् २०१२ देखि नेपालमा यसले सेवा दिइरहेको छ । यसमा सबै सामग्रीहरू निःशुल्क उपलब्ध रहेका छन् ।
डियरवाक लर्निङ सेन्टरमा कक्षा ४ देखि कक्षा १२ सम्मका पाठ्यक्रमहरू राखिएको छ । यसबाट कक्षा ४ देखि कक्षा १२ सम्मका विभिन्न पाठ्यक्रमहरू भिडियोको माध्यमबाट निःशुल्क अध्ययन गर्न सकिन्छ ।
मोबाइल एपबाट समेत अध्ययनको सुविधा पाउन सकिनेछ । डियरवाक लर्निङ सेन्टरमा उपलब्ध कन्टेन्ट पाठ्यक्रम विकास केन्द्र अनुसार तयार पारिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा मानव स्रोत तथा विकास केन्द्रले सञ्चालन गरिरहेको छ । विद्यार्थीको लागि उपयोगी ई-लर्निङ पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका विद्यालयमा पढाइ हुने सामग्रीलाई समावेश गरिएको छ ।
साथै यस ई-लर्निङ पोर्टलमा कथा संग्रह पनि समावेश गरिएको छ, जसबाट कथा पढ्न र सुन्न सकिनेछ । यस ई-लर्निङ पोर्टलमा गएर आफ्नो कक्षा तथा विषय छनौट गरी विद्यार्थीले पढ्न सक्नेछन् । यसबाट विद्यार्थीहरूले श्रव्य दृश्य सामग्री मार्फत सजिलै अध्ययन गर्न सक्नेछन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ३ कक्षासम्मका विद्यार्थीको लागि ‘रमाइलो पढाइ’ नामक मोबाइल एप हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को आर्थिक सहयोगमा अडियो भिडियो सामग्री सहितको मोबाइल एप सञ्चालनमा ल्याएको हो ।
यसमा कथा, कविता, भिडियो, रेडियो कार्यक्रम, रेडियो सन्देश तथा पीडीएफ फाइल लगायतका अध्ययन सामग्रीहरू उपलब्ध रहेका छन् । कथा र कविताहरू अडियो तथा पीडिएफ दुवै माध्यममा उपलब्ध रहेका छन् । त्यस्तै रेडियो कार्यक्रम अन्तर्गत शिक्षकलाई सहयोगी उपाय, कथा तथा नाटक जस्ता सामग्री उपलब्ध रहेका छन् ।
यस एपभित्रका विषयवस्तु र सामग्रीहरू शिक्षा, विज्ञान तथाप्र विधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा तयार पारिएको हो ।
मेरो शिक्षा पर्सनलाइज्ड डिजिटल लर्निङ एप हो । यसमा नवीन तथा अन्तर्क्रियात्मक अध्ययन र अभ्यास सामग्री, निःशुल्क भिडियो लाइब्रेरी र डिजिटल कन्टेन्ट राखिएको छ ।
शैक्षिक अनुभवलाई उत्कृष्ट र सजिलो बनाउन मेरो शिक्षा बजारमा ल्याएको कम्पनीले जनाएको छ । मेरो शिक्षामा ५० हजार बढी विद्यार्थी जोडिएका छन् । मेरो शिक्षामा कक्षा ५ देखि कक्षा १२ सम्मको शैक्षिक सामग्री राखिएको छ ।
एम्बिसन गुरू एआईमा आधारित अनलाइन लर्निङ प्लेटफर्म हो । एम्बिसन गुरूले नेपालमा प्लस टु साईन्स पढेका विद्यार्थीलाई केन्द्रित गरेर काम गरिरहेको छ ।
एम्बिसन गुरूमा हाल एकीकृत प्रवेश परीक्षा, कक्षा १२ को परीक्षा, प्लस टु ब्रिज कोर्ष, नर्सिङ लाइसेन्स परीक्षा, बीबीएस पहिलो वर्षको अकाउन्ट र बिजनेस स्ट्याटिक्स लगायतका कन्टेन्ट राखिएको छ । यसमा मक टेस्टको समेत सुविधा रहेको छ ।
माइ सेकेण्ड टिचरमा भएका कोर्ष पाठ्यक्रम विकास केन्द्र (सिडिसी) को कोर्षअनुसार शैक्षिक सामग्री डिजाइन भइरहेका छन् ।
यसमा प्रयोग भएको भाषा पनि बोलिचालीको छ । सबै विद्यार्थीले बुझ्न सकुन् भनेर अंग्रेजी र नेपाली भाषा दुवै मिसाएर कोर्ष डिजाइन गरिएको छ ।
यसमा अंग्रेजी, गणित, विज्ञान र अर्थशास्त्र विषयको कोर्ष उपलब्ध छन् भने ११ र १२ को कोर्ष पनि राखिएको छ ।