कीवर्डहरू -

अष्ट्रेलियाको आईटी तालिम अब नेपालमै 

अष्ट्रेलियाको आईटी तालिम अब नेपालमै 

गैरआवासिय नेपालीहरूले नेपालमै बसेर अन्तर्राष्ट्रिय आईटी करिअर बनाउन सघाउने भएका छन् । लामो समयदेखि ‘ब्रेन गेन’को मुद्दा नेपाल र विदेशमा बस्ने नेपालीहरूका बीच उठ्दै आएको सन्दर्भमा अष्ट्रेलियामा सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका नेपालीले बुटक्याम्प मार्फत अन्तर्राष्ट्रिय स्तरको तालिम दिने भएका हुन्।

अष्ट्रेलियाको सिड्नी र क्यानबेरामा ‘कोडिङ बुटक्याम्प’ संचालन गर्दै आएको डेण्टेड कोड एकेडेमीले नेपालमा पनि ‘कोडिङ बुटक्याम्प’ सुरु गर्न लागेको हो ।

एकेडेमीले नेपालमा ६ महिनाको ‘फुल-स्ट्याक वेब डेभलपमेन्ट’ र तीन महिनाको ‘वेब डेभलपमेन्ट’ तालिम सुरू गर्न लागेको जनाएको छ । काठमाण्डौंमा एक पत्रकार सम्मेलन गरेर एकेडेमीले सुरुमा ‘बुटक्याम्प’ हाईब्रिड हुने र उपयुक्त जनशक्ति तयार भएपछि हाईब्रिडसँगै भौतिक रुपमा नै तालिम कक्षाहरु संचालन हुने जानकारी दिएको छ।

एकेडेमीका सिईओ प्रेम आचार्यले नेपालमा बसेर विदेशका कम्पनीहरूमा काम गर्न सक्ने सीपसँगै नेपालबाट सफ्टवेरयर सम्बन्धी सेवा र उत्पादन विदेश निर्यात गर्ने अवस्था बनाउनु आफूहरूको लक्ष रहेको जनाए ।

आईटीको क्षेत्रमा लाग्न चाहनलेलाई यो क्षेत्रमा करिअर बनाएर ‘डलरमा कमाएर नेपाली रूपैंयामा खर्च गर्ने’ अवस्था बनाउनु आफूहरूको ध्येय रहेको भन्दै आचार्यले अष्ट्रेलियामा पाएको सफलता नेपालमा बाँढ्न चाहेको बताए ।

एकेडेमीले सुरूमा तालिम संचालन गर्ने, दक्ष जनशक्ति तयार भएपछि विदेशबाट सफ्टवेयर सम्बन्धि कामहरू नेपालमा ल्याउने साथै ‘स्टार्टअप’हरूलाई मंच प्रदान गरेर आईटी मार्फत देशको रोजगार र आर्थिक विकासमा समेत योगदान दिने लक्ष राखेको छ।

नेपालमा तालिम गरेर अष्ट्रेलिया जाँदा जागिर पाउन सजिलो

नेपालबाट धेरै विद्यार्थीहरू अध्ययनका लागि अष्ट्रेलिया जाने गर्दछन्। अष्ट्रेलियाको लागि नेपाल अन्तर्राष्ट्रिय विद्यार्थीका लागि एक प्रमुख श्रोत मुलुक हो। नेपालबाट बर्षेनि हजारौं विद्यार्थी अष्ट्रेलिया पढ्नका लागी जाने गर्दछन्।

अष्ट्रेलिया पढ्न जाने नेपाली विद्यार्थीहरूले काम र बसोबासका लागि धेरै हण्डर खेप्नुपर्ने स्थिति छ। पढाई अनुसारको जागिर पाउन पनि नसकिरहेको देखिन्छ । प्रेम आचार्य यस्तो अवस्था फेर्न अष्ट्रेलिया जाने विद्यार्थीले यहीँबाट तालिम लिएर जाने हो भने त्यहाँको आईटी क्षेत्रमा रोजगारी मिलाउन सकिने बताउँछन्।

"अष्ट्रेलिया पढ्न जाने विद्यार्थीलाई त्यहाँको आईटी क्षेत्रमा जागिर दिलाउने उद्देश्यले पनि यो बुटक्याम्प नेपालमा सञ्चालनमा ल्याएका हौँ" आचार्यले भने।

\"\"

डेण्टेड कोडका बिजनेस डेभेलपमेन्ट म्यानेजर तथा सफ्टवेयर ईंजिनियर मदनमणि अधिकारीले विद्यार्थीहरूले नेपालमा रहँदा नै करिअर र पढाईका बारेमा योजना नबनाउँदा अष्ट्रेलिया पुगेर शारीरिक श्रमका पेशाहरूमा लामो समय अड्कीनु परेको बताए ।

उनी, यदी नेपालबाट सीप सिकेर जाने हो भने अष्ट्रेलियाको आईटी क्षेत्रमा विद्यार्थी भिजामा रहँदा नै राम्रो करिअर बनाउन सकिने संभावना रहेको र त्यसलाई ‘क्यास’ गर्नुपर्ने बताउँछन्।

‘अष्ट्रेलियाको माग र बजार अनुसारको सीप सिकेर जाने हो भने जानासाथ नै सम्बन्धित क्षेत्रमा जागिर पाउन सकिने भएपनि धेरै नेपाली विद्यार्थीले त्यस तर्फ ध्यान दिएका छैनन्’ अधिकारीले भने।

अष्ट्रेलियामा माग भएका प्रविधि र सीप समेटेर तयार पारिएको पाठ्यक्रम अनुसार डेन्टेड कोड एकेडेमीले नेपालमा तालिम दिने जनाएको छ। एकेडेमीका अनुसार यहाँबाट तालिम लिएर अष्ट्रेलिया जानेले छोटो समयमा आकर्षक कमाई सहितको जागिर पाउँछन्।

"आईटी नपढेको भएपनि आईटीको क्षेत्रमा करिअर बनाउन चाहनेहरूलाई यो बुटक्याम्प उपयुक्त हुनेछ," एकेडेमीका सिईओ आचार्यले भने, "सफ्टवेयर डेभलपर वा वेब डेभलपर बन्नका लागी चाहिने सीप विकास गर्ने गरेर तालिम डिजाइन गरेका छौँ।"

कस्तो हुन्छ डेण्टेड कोडको बुटक्याम्प?

डेण्टेड कोडको ‘हाईब्रिड क्लास’मा अनलाईनबाट पढाई हुन्छ भने सबै विद्यार्थीका लागि ‘मेन्टर’का रूपमा प्रोफेसनल डेभलपरहरू हाजिर रहनेछन्, जसले विद्यार्थीको पढाई साथै सीप विकासको लागी नियमित सुपरिवेक्षण गर्दछन्। विद्यार्थीहरूले आफूलाई जान्न गाह्रो परेको कुरा तत्काल ‘मेन्टर’सँग सोध्न सक्दछन्।

यस्तो ‘हाईब्रिड क्लास’ विद्यार्थीले आफ्नो सुविधा अनुसार लिन सक्ने भएपनि मेन्टर मार्फत विद्यार्थीको पढाई र सीपको अनुगमन र नियमन गरेर छ महिनामा नै ‘सफ्टवेयर डेभलपर’ बनाउने लक्ष राखिएको छ।

बुट क्याम्प सातामा दुई दिन दैनिक ७ देखि ८ घण्टाको दरले २४ हप्तासम्म चल्ने छ। वेब डेभलपमेन्टको आधारभूत पक्ष सिस्टम सेटअप, भीएसकोड, एचटीएमएल, सीएसएस र जाभास्क्रिप्टको जानकारीबाट सुरू हुने कोर्समा एचटीएमएल, सीएसएस र जाभास्क्रिप्टको विस्तृत सिकाइ, वर्कफ्लो र प्रोजेक्ट मेनेजमेन्ट, पोर्टफोलियो निर्माण, गिटहब, रियाक्ट, मंगोडिबी, नोड, एक्सप्रेस, एडब्लुएस, बुटस्ट्राप सहित फ्रन्ट-इन्ड डेभलपमेन्टको पढाई हुन्छ । भने, ब्याक-इन्ड डेभलपमेन्टमा क्लाइन्ट साइड भ्यालिडेसन, एपीआई इन्ट्रिगेसन, पेमेन्ट इन्ट्रिगेसन, युनिट टेस्टिङ साथै एड्भान्स प्रोग्रामिङ समेत समेटिन्छ।

कुनै पनि सिस्टम वा प्रोग्रामको प्लानिङ, डेभेलोपमेन्टदेखि डिप्लोईमेन्टसम्म सबै चरणहरूका लागि आवश्यक पर्ने सीपहरू सिकाउने एकेडेमीले जनाएको छ।

एकेडेमीले बुटक्याम्पमा नेपालीहरूका लागी ५० प्रतिशत छुट दिने जनाएको छ। छ महिना, वार्षिक र लाइफ टाइम गरेर तीन फरक समायावधिका लागि एकेडेमीका कोर्स उपलब्छ छन्।

अनलाइनबाट सञ्चालन हुने बुटक्याम्प तालिम अष्ट्रेलिया, नेपाल साथै विश्वका कुनै पनि ठाउँबाट लिन सकिन्छ। यतिखेर ५० प्रतिशत छुटसहित छ महिनाको २०७ अमेरिकी डलर (करिब २७ हजार रुपैयाँ), वार्षिक ३४५ डलर (करिब ४५ हजार ६९० रुपैयाँ) र जिन्दगीभरका लागी (लाइफटाइम) ८६४ डलर (करिब एक लाख १४ हजार ४१७ रुपैयाँ) शुल्क रहेको छ।

तालिम पछि के हुन्छ?

यो तालिम सकिँदा विद्यार्थी एउटा फूल स्ट्याक वेब डेभलपर बनिसकेको हुनेछन्, जसले पढाईको क्रममा नै आफ्नो प्रोजेक्ट गरेको अनुभव लिईसकेको हुन्छन् ।

तालिम पछि जागिर खाने योजना भएकाले सफ्टवेयर ईन्जिनियर वा डेभलपरको भूमिका पाउँछन्, जसको तलब वार्षिक ७० देखी ८० हजार अष्ट्रेलियन डलर हुने गर्दछ । अष्ट्रेलियामा डेण्टेड कोडबाट यही तालिम लिएकाहरूले वार्षिक एक लाख डलर भन्दा बढी तलब पाईरहेका छन् ।

तालिम लिईसकेपछि जागिर पाउनका लागि डेण्टेड कोडले विद्यार्थीहरूलाई शतप्रतिशत जागिर पाउनमा सहायता गर्ने जनाएको छ।

‘विद्यार्थीले जागिर नपाउँदासम्म हामीले आवश्यक पर्ने सबै तयारी, सीप विकास र अन्तर्वार्ताका लागी सहयोग गर्दछौं’ डेण्टेड कोड सिईयो प्रेम आचार्यले भने । उनका अनुसार विद्यार्थीहरूले जागिर खोज्ने भन्दा पनि रोजगारदाताले विद्यार्थीलाई खोज्दै आउने बनाउने रणनीति डेण्टेड कोडसँग छ।

यो कोर्ष गरेर नेपालबाट समेत राम्रो आम्दानी गर्न सकिने डेन्टेड कोडका बिजनेस डेभलपमेन्ट म्यानेजर तथा सफ्टवेयर इन्जिनियर मदनमणि अधिकारी बताउँछन्।

"यो क्षेत्रमा सीप महत्त्वपूर्ण हो," उनी भन्छन्, "सीप भए नेपालकै कम्पनीहरूमा पनि मासिक दुई तिन लाख रूपैंया र विदेशी कम्पनीको लागी काम गर्ने हो भने आठ दश लाख रूपैंया कमाउन सकिन्छ।”

डेण्टेड कोडले पढाउने प्रविधि अष्ट्रेलिया, अमेरिका, यूरोप तथा विश्वभर प्रसिद्ध कम्पनीहरूले प्रयोग गरिरहेको प्रविधि हो । फेसबुक, उबर, ईवे, वालमार्ट, नेटफ्लिक्स, एअर बीएण्बी लगायतका प्रसिद्ध कम्पनीहरूले प्रयोग गर्ने प्रविधी नै नेपालमा पढाउन खोजिएको एकेडेमीले जनाएको छ।

कोर्षको सबै विवरण यहाँ क्लिक गरेर थाहा पाउन सकिने छ । साथै उक्त साइटबाटै कोर्षमा भर्ना हुन सकिने छ ।कोर्षको मुल्य अमेरिकी डलरमा राखिएपनि नेपाली विद्यार्थीहरूले आफूले भर्ना गर्ने दिनको नेपाल राष्ट्रबैंकको सटही दर अनुसार नेपाली रूपैंयामा अनलाईन वा बैंकबाट भुक्तानी समेत गर्न सक्नेछन् । त्यसो त काठमाण्डौंमा रहेको एकेडेमीको कार्यालयबाट नगद नै भुक्तानी समेत गर्न सकिने छ।

डेन्टेड कोड एकेडेमी नेपाली युवाहरूले अष्ट्रेलियामा सञ्चालन गरिरहेको आईटी तालिम दिने केन्द्र हो । यसले अष्ट्रेलियामा ठूलो संख्यामा माग भएका प्रविधिका दक्षजनशक्ति उत्पादन गर्दै उनीहरूलाई रोजगारी मिलाउँदै आएको छ। डेण्डेड कोडले नेपालमा पनि दर्ता भएर कार्यालय संचालनमा ल्याएको छ।