कीवर्डहरू -

फाईभ जी प्रयोग गर्दा डाटाहरु सजिलै ह्याक हुने सक्ने

फाईभ जी प्रयोग गर्दा डाटाहरु सजिलै ह्याक हुने सक्ने

काठमाडौ। इन्टरनेट विना मानव जीवनको कल्पना गर्न कठिन छ। जुनसुकै काम गर्दा पनि हामिलाई इन्टरनेट अति आवश्यक भैसकेको छ। नुन देखी सुन सम्म अहिले इन्टरनेटमै पाइन्छ।

यतिबेला विश्वमा पाँचौ पुस्ताको नेटवर्कको परीक्षण भइरहेको छ। पाँचौ पुस्ताको नेटवर्क (फाईभ जी) अहिलेको इन्टरनेट भन्दा स्पीड हुनेछ। पाँचौं पुस्ताको तार रहित  फाईभ जी प्रविधिले कुराकानी, डाटा ट्रान्सफर, पाउरोटी सेकाउने टोस्टर मेसिन, टेलिफोन, विद्युतीय कार र विद्युत प्रसारण लाइनसम्मको व्यवस्थापनमा सहयोग गर्नेछ।

मोबाइल बनाउने कम्पनीहरुले  5G नेटवर्क सपोर्ट गर्ने फोन बनाईरहेका छन। फाईभ जी  प्रविधिको प्रयोगबाट एक सेकेन्डभन्दा कम समयमा एउटा सिंगो चलचित्र डाउनलोड गर्न सकिनेछ।

टेक्निकल युनिभर्सिटी अफ बर्लिन, ईटीएज जुरिक र नर्वेका सिनटेफ डिजिटलद्वारा जारी गरिएको एक रिसर्च पेपरमा फाइज जी नेटवर्कमा प्रयोगकर्ताको गोपनीयतालाई लिएर चिन्ता गरिएको छ।

यो खोजका अनुसार फाईभ जी नेटवर्कबाट प्रयोगकर्ताको डाटाहरु सजिलै ह्याक हुन सक्छन। खोजमा भनिए अनुसार फाईभ जी  नेटवर्कमा फोन सुरक्षित तरिकाले सेल्युलर नेटवर्कसँग कनेक्ट गर्न पाइने छैन।