कीवर्डहरू -

जीवनसाथी खोजिदिने एप बिहे नेपाल सार्वजनिक भएको १ वर्ष पुरा, १ लाख २० हजार डाउनलोड 

जीवनसाथी खोजिदिने एप बिहे नेपाल सार्वजनिक भएको १ वर्ष पुरा, १ लाख २० हजार डाउनलोड 

जीवनसाथी खोजिदिने एप बिहे नेपाल सार्वजनिक भएको १ वर्ष पुरा भएको छ । बिहे गर्ने तरिकालाई परिवर्तन गर्न एक वर्ष अगाडि बिहे नेपाल सुरू भएको थियो ।

एक वर्षको अवधिमा बिहे नेपाल एप १ लाख २० हजारले डाउनलोड गरेका छन् । बिहे नेपाल एप एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ ।

बिहे नेपाल एप दुई दिदी बहिनी श्रद्धा कटुवाल र श्रेया कटुवालले सुरू गरेकी हुन् । श्रद्धाले न्युजिल्याण्डबाट सिभिल र आर्किटेक्ट इन्जिनियरमा मास्टर्स गरेकी छन् भने श्रेयाले नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) सफ्टवेयर इन्जिनियर अध्ययन गरेकी छन् ।

श्रेयाको कलेज प्रोजेक्टको रूपमा सुरू भएको जीवनसाथी खोजिदिने आईडियाले आज एक स्टार्टअपको रूपमा जन्म पाएको छ । नेपाली समाजमा डेटिङ र जीवनसाथी खोजिदिने एपको आवश्यकता महशुस गरेपछि कलेज प्रोजेक्टलाई नै स्टार्टअपको रूपमा सुरू गरिएको हो ।

बिहे नेपालबाट जीवनसाथी खोज्न सुरूमा अकाउन्ट बनाउनु पर्छ । त्यसपछि अकाउन्ट बनाएर खोज्न सकिन्छ । दुबै जना एसेप्ट भएपछि कुराकानी गर्न मिल्छ । फोन नम्बर, इमेल जस्ता व्यक्तिगत विवरणहरू यसमा हाइड गरिएको हुन्छ ।

बिहे नेपालले भीआईपी क्लब समेत सार्वजनिक गरेको छ । भीआईपी क्लबको शुल्क तोकिएको छ । भीआईपी सदस्यले विशेष सुविधा पाउने छन् ।


यो पनि पढ्नुहोस्ः दिदीबहिनीले सुरू गरेको ‘बिहे नेपाल’, जसले खोजिदिन्छ तपाईलाई सुहाउँदो जीवनसाथी