कीवर्डहरू -

नमस्ते पेबाट यति एयरलाइन्सको टिकट काट्दा ३०० क्यासब्याक

नमस्ते पेबाट यति एयरलाइन्सको टिकट काट्दा ३०० क्यासब्याक

नमस्ते पेबाट यति एयरलाइन्सको हवाई टिकट काट्दा ३०० रुपैयाँ क्यासब्याक पाइने भएको छ । कम्पनीले २८ दिनका लागि यति एयरलाइन्सका उडान टिकट काट्दा उक्त क्यासब्याक पाउने अफर सञ्चालनमा ल्याएको हो ।

नमस्ते पेबाट टिकट काट्दा ग्राहकहरुले FLY300 प्रोमोकोड प्रयोग गरेर आफ्नो वालेटमा ३०० रुपैयाँ क्यासब्याक पाउनेछन् । साथै प्रत्येक हप्ता एकजना भाग्यशाली यात्रुले आफ्ना बालेटमा शतप्रतिशत क्यासब्याक समेत पाउनेछन् ।

नमस्ते पेका प्रयोगकर्ताले नमस्ते पे वालेटमार्फत सुपथ मूल्यमा आन्तरिक गन्तव्यको उडान टिकट किन्न सक्ने बताइएको छ । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने लक्ष्यसहित सञ्चालनमा आएको डिजिटल भुक्तानी सेवा हो ।