कीवर्डहरू -

नेपालमा सामसङ ग्यालेक्सी एस २३ सिरिजको बिक्री शुभारम्भ

नेपालमा सामसङ ग्यालेक्सी एस २३ सिरिजको बिक्री शुभारम्भ

नेपालमा सामसङ ग्यालेक्सी एस २३ सिरिजको बिक्री शुभारम्भ भएको छ । यसअघि सामसङले ग्यालेक्सी एस २३ स्मार्टफोनको प्रि-अर्डर खुला गरेको थियो ।

प्रिअर्डरबाट आएको ग्राहकको चापलाई मध्यनजर राख्दै सामसङले ग्यालेक्सी एस २३ सिरिज बजारमा उपलब्ध गराएको हो ।

ग्यालेक्सी एस२३ सिरिजको प्रि-अर्डर आफैमा एक ठूलो सफलता पाएको कम्पनीको दावी छ । गत वर्ष ग्यालेक्सी एस २२ सिरिजकोे भन्दा बढि प्रि-अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि-अर्डर भएको छ ।

पछिल्लो समय प्रमियिम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ । ग्राहकहरु सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन् र  लामो समयसम्म टिक्ने, गुणस्तरीय र भविष्यको लागि पनि तयार भएको सामानहरु नै रोज्न थालेका छन् ।

उच्च माग र सकारात्मक उपभोक्ता प्रतक्रियाका कारण प्रिअर्डर अपेक्षा गरिएको भन्दा पहिले नै समाप्त गर्नु परेको थियो ।

सामसङ्ग नेपालका निर्देशक प्रणय रत्न स्थापितले प्रि-अर्डरको परिणामले ब्राण्ड प्रति ग्राहकहरुले देखाएको बलियो विश्वास झल्किएको बताए ।

देशभरका डलिरहरुले एस २३ सरिजिको लन्च र सफलताको खुशीयाली मनाएका छन् । यस ग्यालेक्सी एस २३ सिरिज प्रति ग्राहकहरुले देखाएका माया र लगावका कारण बजारमा सबै  डलिरहरू पनि हर्षित र उत्साहित छन्।

नयाँ २०० मेगापिक्सेल एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेन सहितको ग्यालेक्सी एस२३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस२३ सिरिज अन्तर्गत ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ पनि रहेका छन्, जसले सामसङ्गको अल्टिमेट प्रिमियम फोन अनुभूतीको नयाँ युगको प्रतिनिधित्व गर्दछ ।

ग्यालेक्सी एस२३ सिरिजमा एपिक क्यामराहरु जडित छन्, जसले प्रयोगकर्ताहरुलाई उनीहरुको सिर्जनशीलता अभिव्यक्त गर्नका लागि अझ बढी स्वतन्त्रता प्रदान गर्छ ।

यस्तै यसमा भएको ग्यालेक्सीको निम्ति स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफम द्वारा विश्वकै सबैभन्दा तीव्र गतिको मोबाइल ग्राफिक्स छ र यसको आकर्षक डिजाइन जो अन्य कुनै सामसङ्ग ग्यालेक्सी स्मार्टफोनको तुलनामा पुन प्रशोधित पदार्थहरुको अत्यधिक प्रयोगका साथ कम्पनीको दिगो प्रतिबद्धतालाई दर्शाउने गरी गरिएको छ ।

ग्यालेक्सी २३ सिरिजले सामसङ्ग मेसेज गार्डमार्फत मोबाइल सुरक्षालाई अर्को स्तरमा पुर्याएको कम्पनीको भनाइ छ ।