कीवर्डहरू -

कन्काई नगरपालिकाको कर आईएमई पेबाट तिर्न सकिने

कन्काई नगरपालिकाको कर आईएमई पेबाट तिर्न सकिने

कन्काई नगरपालिकाको कर आईएमई पेबाट तिर्न सकिने भएको छ । यस बारे आइएमई पे र कन्काई नगरपालिकाबीच समझदारी भएको छ ।

समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटाइजेशन कार्यक्रममा डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवर्द्धन आइएमई पेले गर्नेछ ।

नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकहरूलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ ।

भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको आइएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवर्द्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।