कीवर्डहरू -

एनसेलले सर्वोच्च अदालतमा हाल्यो मुद्दा

एनसेलले सर्वोच्च अदालतमा हाल्यो मुद्दा

काठमाडौं। कर तिर्न सात दिने म्याद सकिने १ दिन अगाडी सोमबार एनसेलले ठूला करदाता कार्यलयबाट आफूलाई निर्धारण भएको पुँजीगत लाभकर नियम विपरित भएको भन्दै मुद्दा हालेको छ।

गत साता सर्वोच्च अदालतले फैसलाको पूर्ण पाठ दिँदै सरकारलाई ३ महिनाभित्र एनसेलबाट पुँजीगत  लाभकर उठाउन आदेश दिएको थियो। त्यसपछि ठुला करदाता कार्यालयले कर निर्धारण गरेर एनसेललाई  सात दिनभित्र कर तिर्न सूचना पठाएको थियो। ठुला करदाता कार्यालयले ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ कर निर्धारण गरेको थियो।

यो कर मध्ये एनसेलले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ अग्रिम रुपमा तिरिसकेको र वैशाख ३ गते ठुला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ सात दिनभित्र तिर्नुपर्ने बताएको थियो।