कीवर्डहरू -

कम स्टोरेज भएको डिभाइसमा पनि विन्डोज ११ उपयुक्त हुने माइक्रोसफ्टको म्यासेज !

कम स्टोरेज भएको डिभाइसमा पनि विन्डोज ११ उपयुक्त हुने माइक्रोसफ्टको म्यासेज !

माइक्रोसफ्टले सपोर्ट नभएको पिसीमा पनि झुक्किएर विन्डोज ११ सफ्टवेयर इन्स्टल गर्न सकिने म्यासेज पठाएको छ ।

विन्डोज ११ अपरेटिङ सिस्टम इन्स्टल गर्न चाहिने न्यूनतम मापदण्ड पूरा नगर्ने डिभाइसलाई समेत माइक्रोसफ्टले विन्डोज ११ सफ्टवेयर इन्स्टलका लागि नोटिफिकेसन पठाइरहेको थियो ।

'तपाईको डिभाइस विन्डोज ११ सफट्वेयर इन्स्टल गर्नका लागि उपयुक्त छ' भन्ने मेसेज २ जीबी र्‍याम भएको डिभाइसमा समेत आएको थियो, जसकारण धेरै प्रयोगकर्ताहरु आश्चर्यमा परेका थिए ।

माइक्रोसफ्टले विन्डोज १० इन्स्टल भएको डिभाइसहरुमा पहिले देखिनै विन्डोज ११ इन्स्टल गर्नका लागि भन्दै म्यासेज आउने गरेको थियो तर अब पुरानो डिभाइस पनि यही मेसेज देखाउन थालेको छ ।