कीवर्डहरू -

स्पोटिफाईको एआई डीजे फिचर सार्वजनिक

स्पोटिफाईको एआई डीजे फिचर सार्वजनिक

पछिल्लो समय विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चर्चा बढ्दै गएको छ । विश्वका ठूला प्रविधि कम्पनी गूगल, माइक्रोसफ्ट एआई च्याटबटको प्रतिस्पर्धामा छन् ।

यस्तैमा स्पोटिफाइले पनि एआई डीजे फङ्सन सार्वजनिक गरेको छ । स्पोटिफाईको एआई डीजे सेवा प्रयोगकर्तामाझ रोलिङ आउट हुन सुरू गरेको छ ।

यो एआईले प्रयोगकर्ताको सुन्ने बानी सिकेर त्यसैको आधारमा तपाईलाई मन पर्ने गीत बजाउने छ । यसका साथै प्लेलिस्टलाई अटोमेटिक रूपमा व्यवस्थापन गर्नेछ, जुन तपाईले संगीत सुन्ने प्राथमिकता स्वाद र इतिहासमा आधारित हुनेछ ।

एआई डीजे सेवा प्रिमियन ग्राहकका लागि स्पोटिफाइ मोबाइल एपको बेटा भर्सनमा उपलब्ध रहेको छ ।

एआई डीजे सेवा अमेरिका र क्यानडाका प्रयोगकर्तालाई अंग्रेजीमा निःशुल्क उपलब्ध भएको जनाइएको छ । यो फिचर स्पोटिफाइको मोबाइल एपको म्युजिक सेक्सनमा गएर प्रयोग गर्न सकिने छ ।