कीवर्डहरू -

सातै प्रदेशका लोकसेवा आयोगको आवेदन अब नागरिक एपबाटै दिन मिल्ने व्यवस्था हुँदै

सातै प्रदेशका लोकसेवा आयोगको आवेदन अब नागरिक एपबाटै दिन मिल्ने व्यवस्था हुँदै

नागरिक एपमा प्रदेश लोकसेवा आयोगको प्रणाली आवद्ध हुने भएको छ । प्रणाली आवद्ध भएपछि प्रदेश लोकसेवा आयोगले लिने परीक्षाको आवेदन नागरिक एपबाटै दिन सकिने छ ।

यसका साथै प्रदेश लोकसेवा आयोगले लिने सबै परीक्षाको आवेदन दस्तुर पनि नागरिक एपबाटै तिर्न र प्रवेश पत्र पनि डाउनलोड गर्न सकिने जनाइएको छ । सातै प्रदेशका लोकसेवा आयोगको सिस्टम आवद्ध भएपनि फाराम भर्न लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

नागरिक एपबाटै लोकसेवाको आवेदन फाराम भर्दा आवेदकको नाम, ठेगाना, मोबाइल नम्बर, फोटो, ईमेल लगायतका विवरण आफै भरिएर आउनेछ । त्यसका साथै छुट्टै नागरिकता अपलोड गरिरहन समेत नपर्ने बताइएको छ ।

मास्टर आईडीका आधारमा नागरिक एपमा लोकसेवाको खाता लिंक गर्न समेत सकिने छ । यसअघि नागरिक एपमा केन्द्रिय लोकसेवा आयोगको सिस्टम आवद्ध भइसकेको छ ।

नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ को दफा ५ मा प्रदेश लोकसेवा आयोगको भर्ना प्रणाली आवद्ध गर्नुपर्ने व्यवस्था अनुरूप आवद्ध हुन सातै प्रदेशका लाेकसेवा आयाेगलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत परिपत्र गरिएकाे राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।