कीवर्डहरू -

सिटिजन्स बैंकका कार्डबाहकले भारतको मेदान्त अस्पतालमा छुट पाउने

सिटिजन्स बैंकका कार्डबाहकले भारतको मेदान्त अस्पतालमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।

मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत   गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन् ।

यस किसिमको सहकार्यबाट आफ्ना उल्लेखनीय ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइरहेको बैंकले जारी गरेको छ ।

आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको  सुविधा विगत ३ वर्षदेखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।