कीवर्डहरू -

नोकियाको नयाँ लोगो सार्वजनिक 

नोकियाको नयाँ लोगो सार्वजनिक 

६० वर्षमा नोकियाले पहिलो पटक लोगो परिवर्तन गरेको छ । नोकियाले यसअघि पनि लोगोमा सानो सानो परिवर्तन गर्दै आएको थियो ।

तर यसपटक भने रिब्राण्ड गर्ने उद्देश्यले नोकियाले आफ्नो पुरानो लोगोमा धेरै परिवर्तन गरेको छ । नयाँ लोगोमा निकया शब्द बनाउने पाँच फरक फरक आकारहरू समावेश गरिएको छ । नयाँ लोगोमा रङको दायरा समेत हटाइएको छ ।

कम्पनीको व्यापार रणनीतिमा आएको परिवर्तन र स्मार्टफोनसँगको सम्बन्धनबाट छुटकारा पाउने चाहनाका कारण लोगो परिवर्तन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले बताएका छन् ।

‘हाम्रो सम्बन्ध स्मार्टफोनसँग थियो । तर आज हामी बिजनेस टेक्नोलोजी कम्पनी हौं,’ लुन्डमार्कले भने, ‘नयाँ लोगोमा भविष्यको शैली समावेश गरिएको छ ।’

सहकार्य प्रतिकको नयाँ लोगो डिजाइन गरिएको कम्पनीको भनाइ छ । धेरैको बुझाइमा नोकिया एउटा मोबाइल फोन ब्राण्ड हो भन्ने धारणा छ । तर नोकिया त्यो होइन् । नोकियाले करिब १ दशक अगाडि नै मोबाइल फोन निर्माण गर्न छाडिसकेको छ ।

अब आफ्नो ध्यान नेटर्वक र औद्यौगिक डिजिटाइजेसनमा केन्द्रित गर्न नयाँ ब्राण्ड सुरू गर्ने कम्पनीले जनाएको छ ।
नोकिया मोबाइल एचडीएमडी ग्लोबलले निर्माण तथा बिक्री गर्दै आएको छ । सन् २०१४ मा नोकियाले आफ्नो मोबाइल फोन व्यापार माइक्रोसफ्टलाई बिक्री गरेको थियो ।

तर मोबाइल बिजेनसमा पनि लगातार गिरावट आउन थालेपछि माइक्रोसफ्टले सन् २०१६ मोबाइल विजेनस त्याग्यो । त्यसपछि नोकिया फिचर फोन लाइन र ट्रेडमार्कको अधिकार एचडीएमडी ग्लोबललाई बेचेको थियो ।