सेगवे ई-स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम संचालनमा ल्याएको छ ।
नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरूलाई सेगवेको मौलिक उत्पादनहरूको अनुभव गर्ने अवसर प्रदान गर्नेछ । नयाँ शोरुमको सञ्चालनसँगै नेपालमा सेगवेको निरन्तर बजार विस्तारको लागि महत्वपूर्ण कोसेढुङ्गा (माइलस्टोन) साबित गरेको छ ।
शोरुमको सुरुवातसँगै, फर्मले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताको रूपमा आफ्ना ग्राहकहरूको सम्मानमा नयाँ रूख रोपण अभियान घोषणा गरेको छ । सेगवेले नयाँ पोखरा शोरुमबाट खरिद गरेको प्रत्येक सेगवे इ-स्कुटरको खरिदकर्ताको सम्मानमा एउटा रुख रोप्नेछ ।
पुनरुत्थानलाई प्रोत्साहित गर्न र जलवायु परिवर्तनसँग लड्न रुखहरू रोपिनेछ । यस पहलले वातावरणलाई पनि फाइदा पुर्याउँदै आफ्ना उपभोक्ताहरूलाई प्रशंसा गर्ने उत्कृष्ट माध्यम भएको कम्पनीको भनाइ छ ।
बिक्रीको अतिरिक्त, पोखराको सेगवे शोरुमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउनेछ । शोरुममा प्रशिक्षित प्राविधिक टोली रहनेछन्, जसले कुनै पनि सेगवे स्कुटरको लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन् ।
टोलीले ग्राहकहरूको सेगवे स्कुटरहरूमा गरेको लगानी उत्कृष्ट रहेको सुनिश्चित गर्दै कसरी मर्मत गर्ने बारे सल्लाह प्रदान गर्नेछन् । यो शोरुमको सञ्चालनसँगै सेगवेले नेपालभरका बिक्री र सेवा केन्द्रहरूको नेटवर्कमा उत्कृष्टता थप्ने विश्वास कम्पनीले लिएको छ ।
यो शोरुम घक् सुविधा सम्पन्न रहेको छ, बिक्री सेवा र स्पेयर पार्ट्सका साथ ग्राहकहरूले विश्वासका साथ सेगवेका उत्पादनहरू खरिद गर्न सक्नेछन् ।
नयाँ शोरुममा सेगवेका लोकप्रिय ईलेक्ट्रिक स्कुटरहरु, व्यक्तिगत ट्रान्सपोर्टरहरु र अन्य मोबिलिटी सोलुसनहरु प्रदर्शनमा राखिने छन्, साथै ग्राहकहरुले ई-स्कुटरहरुको निरीक्षण र टेस्ट-रईड गर्न सकिनेछ र जानकार कर्मचारीहरुबाट विशेष परामर्श प्राप्त गर्नेछ । पोखरा र आसपासका क्षेत्रका ग्राहकहरूले अब सेगवेका विभिन्न मोड़ल सजिलै निरीक्षण र खरिद गरि सन्तुष्ट अनुभव गर्नेछ ।