कीवर्डहरू -

नेपाल लाइफ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ को मनोनयन सार्वजनीक

नेपाल लाइफ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ को मनोनयन सार्वजनीक

नेपाल फोटो पत्रकार समूह एनएफपीजे नेपाल द्धारा आयोजित “नेपाल लाइफ राष्टिय फोटो पत्रकारिता अवार्ड २०७५” को उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल फोटो पत्रकारहरुलाई आज एक कार्यक्रको विच प्रमाण पत्र वितरण गरिएको छ । 

मुख्य प्रायोजक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको अवार्डमा प्रतिस्पर्धाका लागी १४ विधाहरु रहेका छन । प्रत्येका विधाबाट उत्कृष्ट पाँच जनालाई मनोनयन गरिएको हो । 


देश भरीका फोटो पत्रकारहरुलाई प्रतिस्पर्धामा भाग लिनका लागि आव्हान गरिएको थियो । आवेदन दिएका देश भरिका फोटो पत्रकारहरु मध्यबाट उत्कृष्ट फोटो र उनीहरुले फोटो पत्रकारीता क्षेत्रमा पु¥याएको योगदानको अधारमा मनोनयमा छनौट गरीएको हो । ओयोजक संस्था एनफएपिजेका महासचिव तथा कार्यक्रम संयोजक प्रदिपराज वन्तले जानकारी दिनु भयो । 


मनोनयनमा पर्न सफल फोटो पत्रकारहरुलाई नेपाल लाई इन्स्योरेन्सका कार्यकारी मार्केटि प्रमुख पवनकुमार खड्का , सस्थापक पूर्व अध्यक्ष चन्द्रशेखर कार्की , पूर्व अध्यक्षद्धय कविन्द्रमान शाक्य,राजभाइ सुवाल र समूहका अध्यक्ष राजेन्द्र चित्रकारले प्रमाण पत्र वितरण गर्नु भएको । 


अवार्डको फाइन घोषणा बैशाष १३ गते दिनको दुई बजे होटल अन्नपूर्ण दरवारमार्गमा एक कार्यक्रमको विच घोषण गरीने छ आयोजनका भनाई छ । बैशाख १३ गने नेपालका फोटो पत्रकारहरुले फोटो पत्रकारिता दिवसको रुपमा मनाउदै आएको छ ।


 सोही दिन पारेर राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५ को फाइन घोषण गरीन लागेको महासचिव वन्तले जानकारी दिनु भयो । अवार्ड घोषणा कै दिन जिवन भरी फोटो पत्रकारीता गरी निरवृत जिवन विताइ रहेका एक जना फोटो पत्रकारलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरीने छ ।