कीवर्डहरू -

फागुन १८ र १९ गते काठमाडौं विश्वविद्यालयमा रोबोटिक्स प्रतियोगिता हुँदै 

फागुन १८ र १९ गते काठमाडौं विश्वविद्यालयमा रोबोटिक्स प्रतियोगिता हुँदै 

काठमाडौं विश्वविद्यालयको रोबोटिक्स क्लबले ‘यार्सा टेक आविष्कार २३’ आयोजना गर्ने भएको छ । फागुन १८ र १९ गते धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयमा रोबोटिक्स प्रदर्शनी हुनेछ ।

यार्सा टेक आविष्कार अन्तर्गत अक्वाबट, आईडियसन, हार्डवेयर ह्याकाथन, प्रोजेक्ट डेमोन्सट्रेसन, रोबो रेस, रोबो वार लगायतका कार्यक्रम हुनेछन् ।

यस वर्ष कार्यक्रमको थिम ‘नर्चरिङ भिजन’ राखिएको छ । यसका साथै क्लबले कार्यक्रममा आफ्नो वार्षिक म्यागेजिन आविष्कार पनि सार्वजनिक गर्नेछ । कार्यक्रमलाई यार्सा टेकले शीर्ष प्रायोजन गरेको छ भने गोल्ड स्पोन्सरको रूपमा हिमालयन सोलुसन रहेको छ ।

प्रदर्शनीमा रोबोटिक्स सम्बन्धि तयार पारिएका परियोजनाहरू शोकेस पनि गरिने बताइएको छ । कार्यक्रममा ११ हजार बढी दर्शक, ३०० बढी प्रतिस्पर्धी, ८० बढी प्रोजेक्ट, ६० बढी स्टल र ४५ बढी कलेजका भिजिटर हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ ।

यस कार्यक्रमको उद्देश्य रोबोटिक्स, प्रविधि र इन्नोभेसनलाई नेटवर्क, कोलाबोरेट तथा आईडिया एक्सचेन्जका लागि सबैलाई एकै ठाउँमा ल्याउने रहेको छ ।