कीवर्डहरू -

एससीटीमा आबद्ध बैंक तथा वित्तीय संस्थाका एटीएममा अब रूपे कार्ड प्रयोग गर्न सकिने

एससीटीमा आबद्ध बैंक तथा वित्तीय संस्थाका एटीएममा अब रूपे कार्ड प्रयोग गर्न सकिने

डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु एससीटीसँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएमहरुमा चलाउन मिल्ने भएको छ ।

यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया (एनपीसीआई) द्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्क अन्तर्गतका एटीएमहरुमा प्रयोग गर्न सकिने भएको हो ।

यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएममार्फत कारोबार गर्नलाइ सहज र सरल हुने आशा गरिएको छ ।

यो सुविधा छिट्टैनै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले संचालन गरेका एटीएमहरुमा पनि विस्तार गर्ने योजना राखिएको छ ।

हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरु तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुलाई नेपालमा चलाउन निकै समस्या थियो । यो सुविधा संगै रुपे कार्ड प्रयोगकर्ताहरुलाई निकै सहज हुने आशा गरिएको छ ।