कीवर्डहरू -

नेपाल एयरलाइनसको टिकट बुक गर्दा आइएमई पेबाट पैसा तिर्न सकिने

नेपाल एयरलाइनसको टिकट बुक गर्दा आइएमई पेबाट पैसा तिर्न सकिने

आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पेबीच सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सकिने छ ।

नेपाल एयरलाइनसको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिती छानी, मागिएको विवरण भरि चेकआउट् गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्ने जनाइएको छ ।

ग्राहकहरुलाई भुक्तानी प्रकृया सहज पार्न र साथै विद्युुतिय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो ।