कीवर्डहरू -

एन्ड्रोइड तथा वेयर ओएसमा नयाँ फिचर आउने

एन्ड्रोइड तथा वेयर ओएसमा नयाँ फिचर आउने

गूगलले एन्ड्रोइड तथा वेयर ओएसका नयाँ फिचरहरु सार्वजनिक गर्ने भएको छ । गूगलले गूगल किप नामक नयाँ विजेट थप गर्ने भएको छ ।

यस विजेटले प्रयोगकर्तालाई होम स्क्रनिमा टू डू लिस्ट राखेर केके गरिसक्यो भनेर टिक लगाउन दिन्छ । यही फिचर तपाईको फोनसँग कनेक्ट हुने वाचमा पनि उपलब्ध हुनेछ, जसकारण तपाईले आफ्नो हातबाटै केके गरे भनेर टिक लगाउन सक्नुहुन्छ ।

केही एन्ड्रोइड डिभाइसका लागि गूगल मिटमा न्वाइज क्यान्सिलेसन फिचरको समेत व्यवस्था हुनेछ । योसँगै दुई ओटा ईमोजीलाई मिश्रित गर्ने फिचर पनि गूगलले ल्याएको छ । तपाईले हार्ट र बास्केटबललाई सबै पठाउनुभयो भने मुटुको आकारको बाइकेटबल ईमोजि बन्ने गर्दछ ।