कीवर्डहरू -

स्टार्टअप कर्जाका लागि १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा, कसले पाउँलान बिनाधितो २५ लाखसम्म कर्जा ?

स्टार्टअप कर्जाका लागि १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा, कसले पाउँलान बिनाधितो २५ लाखसम्म कर्जा ?

स्टार्टअप उद्यम कर्जा पाउनका लागि १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा पर्न सफल भएका छन् । स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १३ सय १४ परियोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । 

चालु आर्थिक वर्षको लागि स्टार्टअप उद्यम कर्जा प्राप्त गर्नका लागि ५ हजार १५८ परियोजनाहरू आवेदन दिएका थिए । त्यसमध्येबाट १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा पर्न सफल भएका छन् । प्रतिष्ठानले गत भदौ ११ गतेदेखि ३१ गतेसम्म प्रस्ताव आह्वान गरेको थियो ।

प्रारम्भिक सूचीमा परेका परियोजनाहरूले व्यवसायिक योजनाको प्रस्तुतीकरण गर्नुपर्नेछ । प्रस्तुतीकरणका लागि परियोजना अनुसार पुस २८ गतेदेखि चैत ११ गतेसम्मको समय तोकिएको छ । आफ्नो प्रस्तुतिकरण तोकिएको समय र मिति समयमा गएर गर्न सकिने छ ।  

प्रस्तुतीकरण पावरप्वाइन्टका माध्यमबाट वा कागजमा लेखेर गर्न सकिनेछ । प्रस्तुतीकरणको एक प्रति मूल्याङ्कन समितिलाई बुझाउनुपर्नेछ । प्रस्तुतीकरणका लागि बढीमा १० मिनेट समय दिइनेछ ।

प्रस्तुतीकरणको आधारमा छनौट भएका परियोजनाले यस वर्ष ३ प्रतिशत ब्याजदरमा बिना धितो २५ लाखसम्म कर्जा पाउने छन् । चालु आर्थिक वर्षमा स्टार्टअप कर्जा कार्यक्रमका लागि सरकारले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । 

सिफारिसमा परेका उद्यमीहरूले राष्ट्रिय वाणिज्य बैङ्कसँग सम्झौता गरी बैङ्कको नियमानुसार साँवा र ब्याज रकम तोकिएको समयमा ऋण चुक्ता गरिसक्नुपर्ने छ । 

यी हुन् प्रारम्भिक सूचीमा पर्न सफल परियोजना