कीवर्डहरू -

प्राविधिकबाट चौंबिसै घण्टा सरकारी डाटा सेन्टरको निगरानी गर्न मन्त्रिपरिषद्को निर्देशन 

प्राविधिकबाट चौंबिसै घण्टा सरकारी डाटा सेन्टरको निगरानी गर्न मन्त्रिपरिषद्को निर्देशन 

सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई सरकारका सबै तथ्यांक सरकारी डाटा सेन्टरमा राखी व्यवस्थापन गर्न र २४ सैं घण्टा प्राविधिकबाट निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

फागुन १५ गते बसेको मन्त्रिपरिषद बैठकले सबै निकायका तथ्यांक एवं सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्न र सरकारी डेटा सेन्टरको सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गरी चौंबिसै घण्टा नेटवर्किङ र साइबर सुरक्षासम्बन्धि प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

‘सबै निकायका तथ्यांक एवं सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखि व्यवस्थापन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौंमा रहेको सरकारी एकीकृत डेटा केन्द्र र हेटौंडामा रहेको डिजाष्टर रिकभरी केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गरी चौंबिसै घण्टा नेटवर्किङ र साइबर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउने,’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ।