कीवर्डहरू -

ई-सिम वितरणलाई प्रभावकारी बनाउन ट्रुफोनसँग एनसेलको सहकार्य

ई-सिम वितरणलाई प्रभावकारी बनाउन ट्रुफोनसँग एनसेलको सहकार्य

नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ई-सिम वितरणलाई प्रभावकारी बनाउन ट्रुफोनसँग सहकार्य गरेको छ । नेपालमा ई-सिम कार्यान्वयन गर्न एनसेलले बेलायको अग्रणी ई-सिम प्लेटफर्म प्रदायक ट्रुफोनसँग सहकार्य गरेको हो ।

यो सहकार्य ट्रुफोनको रिमोट सिम प्रोभिजिनिङ प्लेटफर्म (आरएसपी), ई-सिम लञ्च प्याड जस्ता प्लेटफर्म प्रयोग गरेर एनसेलले १७ लाख बढी ग्राहकलाई नयाँ डिजिटल अनुभव प्रदान गर्न सक्ने छ । सहकार्यसँगै एनसेलले अब स्मार्टफोन, ट्याबलेट र स्मार्टवाचहरूमा ई-सिम सक्रिय गर्न सकिने छ ।

यस सहकार्य बारे एनसेलका सीईओ एन्डी चोङले अब एनसेलका प्रयोगकर्ताले आफ्नो भौतिक सिमलाई ई-सिममा परिवर्तन गरेर फाइदा लिन सक्ने बताए ।

‘ई-सिमले नेपालको आइसिटी इकोसिस्टममा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं,’ सीईओ चोङले भने ।’

त्यस्तै ट्रुफोनका सीईओ ह्यारी ओडेनहोभनले एनसेलको ई-सिमलाई अझै सहज बनाउन सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।

यो सहकार्यले एनसेललाई ई-सिम प्रस्तावलाई पूर्ण नियन्त्रण गर्न, हजारौं ई-सिम प्रोफाइललाई अपडेट गर्न सघाउने छ । यसले समय र पैसा पनि बचत गर्नेछ । विशेष गरी प्लास्टिकको सिम कार्ड विस्थापित गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।