कीवर्डहरू -

डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी विषयमा कन्फेरेन्स हुँदै

डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी विषयमा कन्फेरेन्स हुँदै

वुमन इन इन्फोरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी विषयमा कन्फेरेनस आयोजना गर्ने भएको छ ।

होटल हायात प्लेसमा आयोजना हुने उक्त कन्फेरेन्समा प्रविधिलाई प्रयोग गरी कसरी लैंगिक समानता ल्याउन सकिन्छ भन्ने बारे छलफल गरिनेछ ।

आगामी फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको दिन कन्फेरेन्स हुनेछ । डब्लुआइआइटीले आयोजना गरेको उक्त कार्यक्रमलाई नेपाल टेलिकम र लिभिङ विथ आइसिटीको सहकार्य रहेको छ ।

कार्यक्रममा १०१ जना आइसिटी क्षेत्रका महिलाहरुको बारेमा समावेश भएको किताबसमेत सार्वजनिक गरिनेछ । साथसाथै सूचना प्रविधिको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरलाई कार्यक्रममा सम्मान पनि गरिनेछ ।