कीवर्डहरू -

ई-कमर्स कम्पनी भेषभुषा दोस्रो वर्षमा प्रवेश, नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य 

ई-कमर्स कम्पनी भेषभुषा दोस्रो वर्षमा प्रवेश, नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य 

ब्युटी, फेसन तथा लाइफस्टाइल ई-कमर्स कम्पनी भेषभुषाले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा गाला नाइट आयोजना गरेको छ ।

मंगलबार रोयल इभेन्ट बैंक्वयट तीनकुनेमा आयोजना भएको गाला नाइटमा प्रडक्ट प्रदर्शनी, फेसन लाइभ म्युजिक, नेपालमै पहिलो पटक सिनेम्याटिक फेसन शो, कल्चर फेसन शो लगायतका कार्यक्रम भएका थिए ।

भेषभुषा दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना भएको मनोरञ्जनपूर्ण कार्यक्रम गाला नाइटमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा भेषभुषाले आफ्नो नयाँ वेबसाइट तथा मोबाइल एप सार्वजनिक गर्नुका साथै क्लोदिङ र लाइफस्टाइल क्याटेगोरीको ‘एफएलवाई’ नामक नयाँ ब्राण्ड समेत सार्वजनिक भएको छ ।

कार्यक्रममा भेषभुषाका अध्यक्ष दिपक पाण्डेले एक वर्षको अवधिमा १५० अन्तर्राष्ट्रिय ब्राण्ड र १०० बढी नेपाली ब्राण्डसँग सहकार्य गर्न सफल भएको बताए ।

‘सौन्दर्य, पहिरन र जीवनशैलीसँग सम्बन्धित विश्वस्तरीय ब्राण्डहरुलाई  उत्कृष्ट ई-वितरण प्रणालीसहितको बहुआयामिक ई-कमर्स प्लेटफर्म बनाउने गरी १ वर्ष अगाडि भेषभुषा स्थापना गरेका हौं,’ उनले भने, ‘एक वर्षको अवधिमा हामीले २५० स्वदेशी र विदेशी ब्राण्डसँग सहकार्य गरिसकेका छौं ।’

\"\"

भेषभुषाले आउँदो वैशाखदेखि टेलिभिजन शो समेत ल्याउँदै छ । यस कार्यक्रममा विभिन्न ब्राण्डका प्रडक्टहरू प्रर्दशनी हुनेछन् ।

नेपाली भेषभुषा संस्कारलाई प्रवर्द्धन गर्न टेलिभिजन कार्यक्रम ल्याउन लागेको भेषभुषाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल बस्नेतले जानकारी दिए ।

भेषभुषाले क्लोदिङको क्षेत्रमा आफ्नै उद्योग स्थापना गरेको छ । पछिल्लो समय नेपालमा पनि अनलाइनबाट किनमेल गर्ने प्रचलन बढ्दै छ । यस्तैमा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरीय सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामानहरू उपलब्ध गराउन १ वर्ष अगाडि भेषभुषा स्थापना भएको थियो ।

एक वर्षमा ग्राहकहरूले देखाएको मायाले अझै हौसला मिलेको सीईओ बस्नेतले बताए ।  ‘ग्राहकबाट १ वर्षको अवधिमा अत्यन्तै सकारात्मक प्रतिक्रिया पाएका छौं,’ उनले भने, ‘अब भेषभुषालाई देशभर विस्तार गर्ने योजना अनुसार अगाडि बढेका छौं ।

अहिले अनलाइनबाट मात्रै सेवा दिइरहेको भेषभुषाले चाँडै नै आउटलेटबाट समेत सेवा दिने योजना बनाएको छ । भेषभुषाले काठमाडौं उपत्यकाभर निःशुल्क सामान डेलिभरी समेत गर्दै आएको छ ।

नेपाली रैथाने सभ्यता र संस्कारको मौलिकता तथा सुगन्ध बोकेका नेपाली सामानहरु उत्पादन र प्रवर्द्धन गर्ने लक्ष्यसहित काम गरिरहेको अध्यक्ष पाण्डेले बताए । कम्पनीको प्लेटफर्ममा विदेशी प्रडक्ट उपलब्ध भएपनि अल्टिमेट लक्ष्य भनेको स्वदेशी प्रडक्टलाई प्रवर्द्धन गर्ने रहेको छ ।

\"\"

भेषभुषाको वेबसाइट (vesvusa.com) र मोबाइल एपबाट ब्युटी, फेसन तथा लाइफस्टाइल प्रडक्टहरू घरमै बसेर खरिद गर्न सकिन्छ । भेषभुषाले हाल एआई फिचरमा समेत काम गरिरहेको छ, जसले तपाईलाई कुन कपडा फिट हुन्छ भनेर बताउने छ ।

गाला नाइटमा लेकमी, मामा अर्थ, सुगर, लोरेल, द ड्रिमा को, मिलि क्रियसन, फाइब्रो, योलो, टाइटन, फास्ट ट्रयाक, वरिफ्लेम, बेलाभिता, निभिया, फ्लाइ, झुम्का, क्याफिन, डेफी, रिभलन, मेबीलाइन न्यु योर्क, नुगा, रेजभोल लगायतका ब्राण्डको सहकार्य रहेको थियो ।

कार्यक्रमको पावर्ड बाई पार्टनरमा फ्लाइ, को स्पोन्सर्डमा प्लस साइज नेपाल, हाम्रो पे र प्रभु लाइफ रहेका थिए भने यस बाहेक आइसिटी समाचार, वर्ल्डलिंक, पठाओ, टेक्सास कलेज, साझा डटकम, एकेडेमी अफ कमर्स, रेडमड कफी, संसारा रेमिट, नक्षेत्र लगायतका संस्थाको समेत सहकार्य रहेको थियो ।