कीवर्डहरू -

ज्ञानोदय बालबाटिकामा भोलिदेखि आइसिटी फेस्ट हुँदै

ज्ञानोदय बालबाटिकामा भोलिदेखि आइसिटी फेस्ट हुँदै

बिहीबारदेखि ज्ञानोदय बालबाटिका विद्यालयमा आइसिटी फेस्ट आयोजना हुने भएको छ । लितपुरको खोकनास्थित ज्ञानोदय बालबाटिका विद्यालयमा बिहीबार र शुक्रबार आईसिटी फेस्ट हुने भएको हो ।

बिहीबार बिहान साढे १० बजेदेखि कार्यक्रम सुरू हुनेछ । फेस्टमा ज्ञानोदयमा पढ्ने कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले बनाएका परियोजनाहरू प्रदर्शनीमा राखिने छ ।

ज्ञानोदय विद्यालयका आईसिटी प्रमुख निरज राणाले फेस्टमा विद्यार्थीहरूले आफ्नो सीप, विकास र अनुसन्धानहरू देखाउने बताए ।

फेस्ट अवलोकन गर्न काठमाडौं उपत्यकाका ९० विद्यालयलाई निमन्त्रणा दिइएको छ । अन्य विद्यालयबाट आएका विद्यार्थीहरूले प्रदर्शनीमा राखेका परियोजना बारे जान्न, सल्लाह सुझाव दिन सक्ने छन् ।

फेस्टमा कोडिङ, प्रोग्रामिङ, हार्डवेयर, नेटवर्किङ, थ्रीडी प्रिन्टिङ, मोडलिङ, एनिमेसन, डिजाइन, रोबोटिक, होलोग्राफी, भीएफएक्स लगायतका विद्यार्थीका परियोजना देखाइने राणाले जानकारी दिए ।