कीवर्डहरू -

बालकोट र किर्तिपुरमा प्रभु बैंकको नयाँ शाखा विस्तार 

बालकोट र किर्तिपुरमा प्रभु बैंकको नयाँ शाखा विस्तार 


प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ मिति २०७६÷०१÷०९ गते देखि भक्तपुर जिल्लाको सुर्यविनायक न.पा. वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ । भक्तपुर जिल्लाका माननीय संघीय सांसद श्री महेश बस्नेतज्यूले समुद्घाटन गर्नुभएको हो । 


बैंकको बालकोट शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । 


कार्यक्रमका प्रमुख अतिथी माननीय संघीय सांसद श्री महेश बस्नेतज्यूले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्नु हुँदै नगरबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गर्नु भयो । 


यसैगरी सोहि दिन अर्थात २०७६÷०१÷०९ गते देखि काठमाण्डौ जिल्लाको कीर्तिपुर न.पा. वडा नं. ९ मा नयाँ शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिकाका मेयर श्री रमेश महर्जनज्यूले बैंकको कीर्तिपुर शाखा कार्यालयको समुद्घाटन गर्नुभएको हो ।

बैंकको कीर्तिपुर शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।