कीवर्डहरू -

हुण्डाईको एक्सचेन्ज अफर, पुराना विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सकिने

हुण्डाईको एक्सचेन्ज अफर, पुराना विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सकिने

नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडीहरूमा आकर्षक एक्सचेन्ज अफरको ल्याएको छ । हुन्डाईले ‘अपग्रेड योर इलेक्ट्रोलिक जर्नी युट आईओएनआईक्यू ५’ भन्ने नाराका साथ अफर सुरु गरिएको हो ।

यसअन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई हुन्डाईको विद्युतीय गाडी कोना वा आईओएनआईक्युसँग साट्न सक्नेछन् ।

यो एक्सचेन्ज योजनामा कोनाको न्युनतम एक्सचेन्ज मूल्याङ्कन रु.४० लाख कायम गरिएको छ ।  जुन हालसम्मको मूल्याङ्कनमा सब भन्दा बढी भएको जनाइएको छ ।

यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिने कम्पनीको भनाइ छ ।