कीवर्डहरू -

क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आवद्ध भयो इन्फोडेभलपर्स

क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आवद्ध भयो इन्फोडेभलपर्स

इन्फोडेभलपर्स प्रालि र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच सम्झौता भएको छ । इन्फोडेभलपर्ससँग आबद्ध सहकारी संस्थाहरुले आफ्नो बैंक तथा वित्तीय संस्थाहरु मार्फत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोगगरी भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गर्न सम्झौता भएको हो ।

सम्झौतापत्रमा इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात इन्फोडेभलपर्सको कोर सिस्टम प्रयोग गरी रहेका विभिन्न सहकारी संस्थाहरुले आफ्ना क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सकिने र त्यसैगरी खाताबाट नै आफ्नो सेटलमेन्ट बैंक मार्फत बैंक वित्तीय संस्थामा रहेको हितग्राहीको खातामा सजिलै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानीहरु गर्न सकिने छ।

उक्त सेवाहरुलाई सहकारी संस्थाहरुले उपलब्ध गराएको मोबाइल बैंकिङ एपमार्फत पनि विस्तार गर्न सकिनेछ। विद्युतीय भुक्तानी कारोबारको दायरा फराकिलो गरी थप ग्राहक समूहमा बैंकिङ पहुँच पुर्याउन यस एनसीएचएल र इन्फोडेभलपर्सको सहकार्याताले थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमा हाल ५५ सदस्य बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी/पीएसओ, रेमिट्यान्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ८० भन्दा बढी गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

इन्फोडेभलपर्सले सहकारी संस्थाका साथै विभिन्न सरकारी तथा अर्ध सरकारी, लघुवित्त, सेयर मार्केट लगायतका विभिन्न संस्थाहरुलाई कोर सिस्टम प्रदान गरी डिजिटल माध्यमबाट भुक्तानी कारोबारहरु गर्न मद्दत पुर्याउँदै आएको छ।