कीवर्डहरू -

ओपनएआईले सार्वजनिक गर्‍यो एपीआई, अब अन्य एपमा पनि च्याटजीपीटी जोड्न सकिने

ओपनएआईले सार्वजनिक गर्‍यो एपीआई, अब अन्य एपमा पनि च्याटजीपीटी जोड्न सकिने

ओपनएआईले अरु डेभलपरहरुलाई पनि आफ्नो एपहरुमा च्याटजीपीटी जोड्न दिने भएको छ । ओपनएआइले सार्वजनिक गरेको एपीआईले च्याटजीपीटी ३.५ जसरीनै काम गर्नेछ, जसलाई डेभलपरहरुले आफ्नो तरिकाले परिमार्जित गरेर आफ्नो एपमा प्रयोग गर्न सक्नेछन् ।

यसैको एk उदाहरण स्नापच्याटको माई एआइ पनि हो । यसका साथै च्याटजीपीटीमै आधारित इन्स्टाग्राममा पनि सपिङका लागि आस्क इन्स्टा कार्ट टूल आउने भएको छ ।

यस एपीआईले च्याट र्फम्याटमा सबै एपमा रिप्लाई गर्ने किसिमको मात्रै नभएर एआइ टूलको रुपमा प्रयोग गर्नका लागि पनि प्रयोग गर्न सक्नेछन् । यस एपीआईमा हरेक एक हजार टोकनको ०.००२ डलर शुल्क तोकिएको छ ।