कीवर्डहरू -

डिशहोममा १ वर्षको रिचार्ज गर्दा अंगाई र भण्डारीले जिते एक एक लाख नगद पुरस्कार

डिशहोममा १ वर्षको रिचार्ज गर्दा अंगाई र भण्डारीले जिते एक एक लाख नगद पुरस्कार

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्ने योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना डिशहोमका ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ ।

यसै क्रममा भिमसेन थापा गाउँपालिका २ का रामजी प्रसाद अंगाइ र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले जनही एक लाख रुपैया जितेका छन् ।

डिलर दाई बिष्णुमणी श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठको मा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । डिशहोमको तर्फ वाट सेल्स अफिसर  मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे रियालिटी टिभी, रमाईलो टिभी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हुने गर्दछ ।