सुचना प्रविधिमा महिला सहभागीता वृद्धि गराउने उदेश्यले सिएसआइटि एसोसिएसन अफ नेपालले नेपाल दुर सञ्चार प्रधिकरणको सहकार्यमा गल्र्स इन आइसीटि ह्ययाकाथोन यहि वैशाख ९ र १० गते पोखरामा सम्पन्न गर्न गइरहेको छ ।
सिएसआइटि एसोसिएसन अफ नेपाल एक विएस्सी सिएसआइटि अध्ययन गरिरहेको विध्यार्थीहरुको संस्था हो । सुचना प्रविधिको वढ्दो माग र प्रयोगलाई मध्यनजर गर्दै महिलाहरुलाई सुचना प्रविधि तर्फ आर्कषीत गर्ने उदेश्यले यस कार्यक्रम सम्पन्न गर्न गईरहेको महासचिव सुदिप पौडेलले वताउनुभयो ।
ह्याकाथोन एक सुचना प्रविधि क्षेत्रमा निकै लोकप्रिय प्रतियोगिता मानिन्छ । यस प्रतियोगीमा सहभागीले निर्धारित समयमा कुनै एप वा सुचना प्रविधि सम्वन्धि प्रोडक्ट निमार्ण गर्नु पर्ने हुन्छ र जसवाट उत्कृष्ट प्रोडक्ट यस प्रतियोगीताको विजेता हुनेछन् ।
यस गल्र्स इन आइसिटि ह्याकाथोनको मुख्य थेम नै सुचना प्रविधिको माध्यमवाट लैङ्गिग समस्या समाधान गर्नु रहेको छ । पोखरा र देशभरिका सहरहरुवाट यस प्रतियोगितामा १० टिम सहभागी भएका छन् । उत्कृष्ट एक समुहलाई अन्तराष्ट्यि सुचना प्रविधि महिला दिवस अप्रिल २६ २०१९ मा सम्माननिय सुचना प्रविधि मन्त्रिवाट सम्मानित गरिने छ ।