कीवर्डहरू -

पेवेलबाट मोबाइलमा रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक

पेवेलबाट मोबाइलमा रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक

डिजिटल वालेट पेवेलबाट मोबाइल सिममा रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक पाइने भएको छ । टेलिकम, एनसेल र स्मार्टका सिममा रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक पाइने भएको हो ।

पेवेल एपमा दर्ता भएको वा नभएको जुनसुकै नम्बरमा टपअप गर्दा पनि ५ प्रतिशत क्यासब्याक पाइने कम्पनीले जनाएको छ ।  याे अफर फागुन २० गतेसम्म लागू हुनेछ ।

पेवेल नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । यसबाट पनि अन्य वालेट जस्तै विभिन्न डिजिटल भुक्तानी गर्न सकिन्छ ।