कीवर्डहरू -

विद्युत प्राधिकरणको मोबाइल एप, बिल तिर्ने, रेकर्ड हेर्नेदेखि गुनासो गर्नेसम्म सुविधा 

विद्युत प्राधिकरणको मोबाइल एप, बिल तिर्ने, रेकर्ड हेर्नेदेखि गुनासो गर्नेसम्म सुविधा 

पछिल्लो समय हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दो छ । निजी तथा सरकारी निकाय प्रविधिमैत्री हुने क्रम निरन्तर चलिरहेको छ ।

यसैक्रममा नेपाल विद्युत प्राधिकरणले पनि ग्राहकको सहजताका लागि ‘NEA Official’ मोबाइल एप सञ्चालन गरिरहेको छ ।

ग्राहकहरुलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले मिटर रिडिंग, महशुल भुक्तानी, चार्जिङ स्टेसनहरुको जानकारी तथा विद्युत् आपूर्ति सम्बन्धी विविध सूचना तथा जानकारीहरू प्रदान गर्ने एवं गुनासो व्यवस्थापन समेत गर्न सकिने लगायतका सुविधा उक्त एपमा छन् ।

विद्युत प्राधिकरणको मोबाइल एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

कसरी प्रयोग गर्ने एप ?

यसका लागि सबैभन्दा सुरुमा ‘NEA Official’ एप डाउनलोड गर्नुहोस् । त्यसपछि एप खोलेर अगाडि बढ्नुहोस् । यदी तपाईले एपमा पहिले नै अकाउन्ट बनाउनु भएको छ भने साइनइपमा क्लिक गर्नुहोस् । यदी पहिले अकाउन्ट बनाउनु भएको छैन् र नयाँ बनाउन चाहनुहुन्छ भने साइनअपमा क्लिक गर्नुहोस् ।

साइनअपमा क्लिक गरी आफ्नो फोन नम्बर राख्नहोस् । अब राखेको मोबाइल नम्बरमा एउटा ओटीपी कोड आउने छ र त्यसलाई प्रविष्ट गरी भेरिफाई गर्नुहोस् ।

अकाउन्ट भेरिफाई भएपछि पासवर्ड राख्नुहोस् । पासवर्डमा आठ अंक भन्दा बढीको हुनुपर्नेछ  र अक्षरको प्रयोग गर्नु राम्रो मानिन्छ ।

पासवर्ड राखेपछि तपाईंको अकाउन्ट सफलतापूर्वक बन्छ र अब साइन इन पेज खुल्छ, जसमा तपाईले अघि राखेको फोन नम्बर र पासवर्ड प्रविष्ट गरेर साइन इन गर्न सक्नुहुन्छ ।

अब त्यहाँ तपाईंले बायोम्याक्ट्रिक लगइनको विकल्प प्रयोग गर्न सक्नुहुन्छ । तपाई ‘इडिट प्रोफाइल’ मा आफ्नो इमेल र फोटो पनि राख्न सक्नुहुन्छ ।

होमपेजमा देखिने ‘एड योर मिटर’मा गएर आफ्नो मिटरको डिसिएस काउन्टर छानी एससि नम्बर र कस्टमर आइडी प्रविष्ट गरी कन्टिन्युमा क्लिक गर्नुहोस् ।

अब कस्टमर डिटेल्स अन्तर्गत तपाईले मिटर धनीको नाम, वितरित नियन्त्रण प्रणाली(DCS), सिन्क्रोनस कन्डेनसर नम्बर (SC Number), कस्टुमर आइडी देख्न सक्नुहुनेछ ।

त्यसपछि एड एड्रेसमा गएर आफ्नो मिटर भएको प्रदेश, जिल्ला, स्थानीय सरकार, वार्ड नम्बर, स्थानीय नाम, बाटोको नाम र घर नम्बर प्रविस्ट गरि सबमिट गरेपछि तपाइको मिटर एड हुनेछ ।

अब यसको होमपेज अन्तर्गत बिल चेक, फिडर स्टाटस, माई मिटर, माई बिल, डिसिएस कन्ट्याक, चार्जिङ स्टेसन, ट्यारिफ, अबाउट र यसका साथसाथै विद्युत प्राधिकरणसँग सम्बन्धित समाचारहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

यसको तपाईले बिल चेकमा गएर मिटर काउन्टर, एससि नम्बर, कस्टमर आइडी आदि प्रविष्ट गरी जेनेरेटमा गएर आफ्नो बिल थाहा पाउन सक्नुहुन्छ ।

त्यसैगरी यहाँ रहेको यूजेज चार्टमा तपाईको कुन महिनामा कति बिल उठ्यो र कति तिर्नुपर्छ, जरिवान, छुट तथा खपत यूनिट आदि हेर्न सक्नुहुन्छ । यहाँबाट तपाईले बिल तिर्न बाँकी भए तिर्न सक्नुहुन्छ ।

यसैगरी फिडर स्टाटसमा गएर आफ्नो प्रदेश छानेर काउन्टर स्टाटसको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ । माई बिलमा गएर बिल तिरेको रेकर्ड हेर्न सक्नुहुन्छ । त्यसैगरी डिसिएस कन्ट्याकमा गएर प्रदेश छानी तपाईंले वितरक केन्द्रको बारेमा जानकारी पाउन सक्नुहुनेछ ।

तपाईलाई चार्जिङ स्टेसनको बारेमा जानकारी चाहिएको छ भने त्यसका लागि चार्जिङ स्टेसनमा गएर चार्जिङ स्टेसनहरु र ट्यारिफमा गएर विद्युत महसुल दरको बारेमा हेर्न सक्नुहुनेछ । यसैगरी प्रोफाइल अन्तर्गत रहेर तपाईंले आफ्नो ठेगाना, बिल तिरेको रेकर्ड हेर्न र गुनासाहरू पठाउन सक्नुहुनेछ ।