कीवर्डहरू -

२८ मिनेटमै ५० प्रतिशत चार्ज गर्न सक्ने फोन रियलमी १० नेपालमा, ८ जीबी भर्चुअल र्‍यामको सुविधा 

२८ मिनेटमै ५० प्रतिशत चार्ज गर्न सक्ने फोन रियलमी १० नेपालमा, ८ जीबी भर्चुअल र्‍यामको सुविधा 

रियलमीले आफ्नो १० नम्बर सिरिजको दोस्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । यो मोडल अहिलेसम्म रियलमीले निकालेको सबैभन्दा स्लिम सेट भएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार रियलमी १० मात्र एउटा यस्तो मोडल हो, जुनमा ९० हर्जको एमोलेड डिस्प्ले र मेडियाटेक जी ९९ चिपसेट प्रयोग गरिएको छ ।

कर्निङ गोरिल्ला ग्लास ५ डिस्प्ले भएको रियलमी १० मा ८ जीबीको र्‍याम र १२८ जिबिको रोम प्रदान गरिएको छ  । यसको स्टोरज अझै १ टिबिसम्म बढाउन मिल्छ ।

त्यस्तै रियलमी १० मा ८ जीबीसम्मको भर्चुअल र्‍याम राखिएको छ, जसले गर्दा र्‍यामको स्टोरेज १६ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ । फोनमा एजिङ प्रोसेस, रिपिटेड एप लन्च र फाइल लोडिङ टेस्ट जस्ता अन्य धेरै टेस्टहरु गरिएको छ ।

रियलमी १० मा ५००० एमएएचको शक्तिशाली ब्याट्रि राखिएको छ । फोनमा ३३ वाटको फास्ट चार्जिङ रहेकोले २८ मिनेटमै ब्याट्रि ० प्रतिशतबाट ५० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दावी छ ।

रियलमी १० मा ५० मेगापिक्सेलको मुख्य क्यामरा र १६ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ । यसमा ३.५ एमएमको हेडफोन ज्याक र २०० प्रतिशत अल्ट्रा बुम स्पिकर राखिएको छ ।

अल्ट्रा बुम् स्पिकर मार्फत उपभोक्ताहरुले पार्टी अथवा अन्य कुनै रमाइला पलहरुमा बस्टेड भोल्युममा हाइ रेजोल्युसन साउन्डको मजा लिन सक्नेछन् ।

क्ल्याश ह्वाइट र रस ब्ल्याक रंगमा नेपाली बजारमा उपलब्ध रहेको रियलमी १० को मूल्य २९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।