कीवर्डहरू -

कामना सेवा विकास बैंकले सुरु गर्यो आई–बैंकिङ रिलोडेड सेवा

कामना सेवा विकास बैंकले सुरु गर्यो आई–बैंकिङ रिलोडेड सेवा

कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेको ई–बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरी आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको छ ।

यो सेवामार्फत् ग्राहकहरुले बैंक खाताको रकम अन्य बैंक वित्तीय संस्थाको खातामा ट्रान्स्फर गर्न, ई–सेवामा रकम जम्मा गरी विभिन्न भुक्तानीहरु गर्न, नेपाल टेलिकम, एनसेल, पीएसटिएन, स्मार्ट सेलहरुमा मोबाइल टपअप गर्न तथा पेमेन्ट सेड्युल बनाई भुक्तानी गर्न सहयोगी हुने बैंकले जानकारी दिएको छ । 

साथै ग्राहकका लागि इन्टरनेट बैंकिङ लिएकाे सुरूकाे एक वर्ष कुनै पनि रकम नलिइने बैंकले जनाएकाे छ ।